ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर धितो कर्जा सम्बन्धी व्यवस्था संशोधन गर्न लगानीकर्ताको दबाब, गभर्नर सकारात्मक !


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   ४ : ५२   बजे

काठमाडौ, २  असोज । पछिल्लो समय सेयर बजारमा दैनिक कारोबार सुस्ताएको छ । दुई वर्षअघि दैनिक २१ अर्बसम्मको सेयर कारोबार भएको बजारमा अहिले एक अर्बको हाराहारीमा सेयर कारोबार हुने गरेको छ ।

यसरी बजार सुस्ताउनुको कारण नेपाल राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जामा लगाएको १२ करोड रुपैयाँको क्यापलाई देखाइएको छ ।

कोभिडको समयमा बजार बढ्दा एउटै व्यक्तिले बढी ऋण लिएको भन्दै राष्ट्र बैंकले सेयर धितो राखेर एउटा बैंकबाट चार करोड र कुल १२ करोडसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

अहिले एक वा एकभन्दा बढी बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था छ । यो १२ करोड रुपैयाँको क्याप हटाउन लगानीकर्ताले माग गर्दै आएका छन् । सोमबार पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद हरि ढकालसहितको सेयर लगानीकर्ता टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी सेयर धितो कर्जा र जोखिम भारको विषयमा कुरा गरेका थिए ।

गभर्नरसँगको छलफलमा राष्ट्र बैंकको कडाइले बजारमा आम लगानीकर्ताको मनोबल कमजोर भएको र अहिलेको व्यवस्थालाई हेरफेर गर्न आग्रह गरिएको सहभागी एक लगानीकर्ताले बताए । उनका अनुसार लगानीकर्ताको कुरामा गभर्नर अधिकारी सकारात्मक रहेका छन् । “छलफलमा गभर्नर सकारात्मक नै देखिनु भएको छ । अब केही हेरफेर होला,” उनले भने ।

बजार बढ्दा ल्याइएको नीति सधैं लागु गरिरहन नहुने उनले बताए । ५० लाखसम्मको सेयर धितो कर्जालाई १०० प्रतिशत र त्योभन्दा माथिको कर्जालाई १५० प्रतिशतसम्म जोखिम भारमा गणना गर्नुपर्ने व्यवस्था छ ।

“बजार बढेर ३२ सय पुग्दा बनाइएको नीति अहिले पनि रहिरहनु राम्रो हैन । अब यसलाई करेक्सन गर्ने समय आएको छ,” ती लगानीकर्ताले भने, “बजार बढेको समयमा एक दुईजना लगानीकर्ताले बढी ऋण लिए भन्दैमा सबैलाई एउटै डोकोमा हाल्न त भएन नि १ कसले बजारमा गलत कार्य गर्‍यो, उसलाई कारबाही गर्ने जिम्मा नियामकको हो ।”

पुँजीबजार चलायमान नहुँदा पनि अहिले अर्थतन्त्रमा समस्या आएको लगानीकर्ताहरूको बुझाइ छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले पनि सेयर बजारमा १२ करोडको सीमा हुन नहुने भन्दै आएका छन् । यसमा राष्ट्र बैंकले उचित निर्णय लिनुपर्ने अर्थमन्त्री महतको भनाइ छ ।

सांसद ढकालले पनि राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन उचित निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu