ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको छः अध्यक्ष ओली


एबीसी न्यूज
३ आश्विन २०८०, बुधबार   ८ : ५०   बजे

काठमाडौं, ३ असोज । नेकपा एमाले का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताएका छन्।

संविधान दिवसको सन्दर्भमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू देखा पर्न थालेको बताएका हुन्।

‘हामी नेपाल सचेत र सजग रहनुपर्छ। हाम्रा उद्देश्य, कर्तव्य र हाम्रो एकतालाई बिर्सन र कमजोर बनाउन दिनुहुँदैन,’ उनले भने, ‘हाम्रो संविधान राष्ट्रिय एकता र सबलताको संविधान हो। जनताका लागि जनताले बनाएको संविधान हो। कहीँ कतै हाम्रा उपलब्धीहरूलाई समाप्त पार्न खोज्ने, या त अभिव्यक्तिबाट, या ता क्रियाकलापबाट, यस्ता प्रयासहरू भइरहेको छ।’जुनसुकै नाम, आवरणको भए पनि राष्ट्रिय एकतालाई खल्बल्याउने खालका विचारहरू सकारात्मक कुरा हुन नसक्ने उनको भनाइ थियो।‘विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्‍याउने प्रवृत्तिहरू अनेकौं प्रकारका क्षेत्रीयतावादी, साम्प्रदायिक, जातीयतावादी, राजनीतिक नाममा हुने, गरिने त्यस्ता उच्छृङ्खल गतिविधिहरू राष्ट्रिय एकताको पक्षधर हुन सक्दैनन्,’ उनले भने।

राष्ट्रिय एकताको भावनालाई क्षीण बनाउने गतिविधि हुँदा सरकारले देखावटी कुरा गर्नु नहुने उनको जोड छ। सरकारले भित्र एउटा, बाहिर अर्को कुरा गर्दा राष्ट्रिय एकताको भावनालाई कमजोर बनाउने उनले बताए। संविधान दिवसको अवसरमा जनस्तरबाट कार्यक्रम आयोजना गरेको एमालेले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

सम्बन्धित

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu