ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बज्राचार्यको चुनावी प्यानल घोषणा


एबीसी न्यूज
३ आश्विन २०८०, बुधबार   ९ : ००   बजे

काठमाडौं, ३ असोज । आगामी असोज १९ र २० गते उद्योग वाणिज्य संघ, ललितपुरको ४४ औं साधारण सभा हुँदैछ। साधारण सभाको मिति नजिकिँदै जाँदा संघले पाउने नयाँ नेतृत्वको बारेमा विभिन्न चर्चा परिचर्चा भइरहेका छन्। उद्योगी व्यवहायीहरूको उत्सवका रुपमा लिइने यो साधारण सभाबाट नयाँ नेतृत्व लिनका लागि विभिन्न समूह लबिइङमा लागेका छन्।

यसैबीच (हाल वरिष्ठ उपाध्यक्ष) विश्वराज बज्राचार्यले नेतृत्वमा आफूलाई दाबी गरेका छन्। आफ्नो नेतृत्वको प्यान घोषणा गदै बज्राचार्य भने– लामो ईतिहास बोकेको नेपाल भरका उद्योग वाणिज्य संघहरु मध्येको “क” वर्गमा स्थापित यस संघले च्याम्वर अभियान अन्तर्गत नेपालमा अग्रणी भूमिका खेल्दै आईरहेको र गौरवशाली ईतिहास बोकेको यस संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै म लगायत मेरा सम्पूर्ण सहकर्मी उम्मेदवारहरु, हाम्रो “घोषणा पत्र”मा कटिवद्ध रहि, पूर्ण रुपले पालना र कार्यान्वयन गर्ने कार्यमा प्रतिवद्धता जाहेर गर्न चाहन्छौं ।

उनले संघको विषयमा चर्चा परिचर्चा गर्दै सदैव सफल र सक्षम नेतृत्व वर्गले नै स्थान ओगेटेको र यस संघको आधार स्तम्भको रुपमा आफ्नो छवि बनाउन सफल पूर्व अध्यक्षहरुले पुराएको अतुलनिय योगदानलाई दिशानिर्देश मानेर उनीहरुले शुरु गरेको राम्रा कार्यहरुलाई निरन्तरता दिने बाचा ब्यक्त गरे ।

यस्तो छ प्यानल र अवधारणाहरुका चार खम्बा

१ विस्वराज बज्राचार्य – अध्यक्ष पदको उमेदवार
२ वीरेन्द्रलाल श्रेष्ठ – वरिष्ठ उपाध्यक्ष पदको उमेदवार
३ मुकुन्द महर्जन – संस्थागत उपाध्यक्ष पदको उमेदवार
४ आपु लाल अवाले – उद्योग उपाध्यक्ष पदको उमेदवार
५ राकेश भक्त मुल्मी– वाणिज्य उपाध्यक्ष पदको उमेदवार
६ भुमी नन्दन कर्माचार्य– महासचिव पदको उमेदवार
७ मिलन शाक्य– कोषाध्यक्ष पदको उमेदवार
८ सजना श्रेष्ठ–उद्योग सदस्य पदको उमेदवार
९ सुविन मान जोशी​– उद्योग सदस्य पदको उमेदवार
१० प्रविन बज्राचार्य – उद्योग सदस्य पदको उमेदवार
११ प्रविन ताम्रकार –उद्योग सदस्य पदको उमेदवार
१२ बिष्णु लाल सिकर्मी –उद्योग सदस्य पदको उमेदवार
१३  शैशव कृष्ण श्रेष्ठ –उद्योग सदस्य पदको उमेदवार
१४ विमला शाक्य – वाणिज्य सदस्य पदको उमेदवार
१५ शर्मिला श्रेष्ठ जोशी – वाणिज्य सदस्य पदको उमेदवार
१६ सुजन बज्राचार्य – वाणिज्य सदस्य पदको उमेदवार
१७ राजेश राज बज्राचार्य –​वाणिज्य सदस्य पदको उमेदवार
१८ प्रविन बहादुर शाक्य –वाणिज्य सदस्य पदको उमेदवार
१९ पुष्प कुमार थापा – वाणिज्य सदस्य पदको उमेदवार
२० हरि राम जोशी – वाणिज्य सदस्य पदको उमेदवार
२१ मिलन श्रेष्ठ – संस्थागत सदस्यको उमेदवार
२२ रवी महर्जन – एसोसियट सदस्यको उमेदवार

हाम्रा अवधारणाहरुका चार खम्बा

पारदर्शीता

पारदर्शी, स्वच्छ र निष्ठाका साथ व्यापार व्यवसाय सञ्चालन गराउन उत्प्रेरित गर्ने ।

नेतृत्व विकास

व्यवसायीक समुदायलाई आर्थिक रुपमा सवल र प्रभाव पार्न सक्ने नेतृत्वको विकास गर्ने ।

सान्दर्भिकता

राज्य ब्यवस्थाले कायम गरेका नीति नियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै व्यावसायिक एकताका सान्दर्भिक कार्यक्रमहरूको योजना तथा, सेवामा सहज वातावरणको निर्माण र वकालतका कार्यहरुलाई नियमन र नियमित गर्ने ।

निरन्तरता

पहिले र अहिले भएका उचित संस्थागत उद्देश्य र विचारलाई निरन्तरता दिदैं सयम सापेक्ष आवश्यकता, सोच, र सीपको उच्च मूल्याङ्कनका साथ नयाँ पिडीसम्म पु¥याउन पहल गर्ने अनि पुस्तान्तरणमा जोड दिने ।

१५ बुंदे प्रतिवद्धता​
1 ​उद्योग व्यवसायीहरुको मागहरुमा शसक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।

ललितपुर जिल्ला भरि रहेको सम्पूर्ण वस्तुगत संस्थाहरु र स्थानिय व्यवसायीहरुको सुझावका आधारमा समस्याहरुको पहिचान गरि उनीहरुको प्रत्यक्ष संलग्नतामा नितिगत र विषयगत आवश्यकता पुर्ति गर्न स्थानिय, संघिय र केन्द्रिय सरकारलाई घच्घचाउनुका साथै यस संघलाई शसक्त वकालत गर्ने व्यवसायहरुको संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।

2 नीति, नियम, ऐन, कानुनलाई ब्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने ।

व्यापार, व्यवसाय र उद्योग सम्बन्धी नीति, नियम, ऐन, कानुनलाई ब्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने पहल गर्ने तथा सरकारद्धारा जारी यस्ता ऐन, कानुनमा कुनै बुँदा बाझिएका वा अस्पष्ट छन् भने त्यसलाई स्पष्ट पार्न पहल कदमी गर्ने अनि अपुग कानुनी ब्यवस्थालाई पुर्णता दिन संधै अग्रसर रहने ।

3 ​संस्थागत सुशासनमा जोड दिने ।

संस्थागत सुशासनमा जोड दिदै कुनै पनि खाले भ्रष्टाचार जस्तैः ढिला सुस्ती, अनियमितता, नितीगत एवम आचराणत्मक (Political & Ethical) भ्रष्टाचार आदिलाई निर्मूल पार्न शून्य सहनशिलता (Zero Tolerance) नीति अपनाई व्यापार व्यवसायको क्षेत्रमा ललितपुर उद्योग वाणिज्य संघलाई उपभोक्ता माझ विश्वासीलो र पारदर्शी संस्थाका रुपमा स्थापित गर्ने ।

4 ​औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवद्र्धन गर्ने ।

स्थानिय व्यापार, व्यवसाय र राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि विश्वभरका औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रवद्र्धनको माध्यमका रूपमा अन्तराष्ट्रिय रुपमा उभ्याउन, एक अर्का सँग सहकार्य, ब्यापक छलफल र वहस–पैरवी गर्ने ।

5 ​स्रोत साधान, सम्बन्धहरुमा पहुँच पु¥याउने ।

व्यवसायी र उद्योगीहरुलाई आवश्यक स्रोत साधान, सम्बन्धहरुमा पहुँच, छुटको ब्यवस्था र वित्तिय सर्वसुलभतामा जोड दिदैं गुणस्तर उत्पादनका लागि प्रोत्साहीत गर्ने ।

6 ​उत्पादनलाई branding तथा कपि राईट अवधारणालाई साकार बनाउने ।

कला नगरी ललितपुरलाई branding  को मान्यता प्राप्त भए अनुरुप यस जिल्लामा उत्पादित हस्तकला लगायतका वस्तु र अन्य उत्पादनलाई द्यचबलमष्लन तथा कपि राईट अवधारणालाई साकार पार्न ललितपुर महानगरपालिका संग सहकार्य र कार्यन्वयनमा ससक्त पहल गर्ने ।

7 ​सामाजिक उद्यमलशीलता (social entrepreneur)  मा लाग्न प्रोत्साहन र वातावरण निमार्ण गर्ने ।
अनौपचारिक क्षेत्रबाट उत्पादीत वस्तुहरुलाई बजार ब्यवस्थापनमा सहजिकरण गरि केन्द्रिक्रित औपचारिक व्यवसाय गर्न उत्प्रेरित गर्नुका साथै सामाजिक उद्यमलशीलता (social entrepreneur) मा लाग्न प्रोत्साहान र वातावरण निमार्ण गर्ने ।

8 ​साँस्कृतिक सम्पदा संरक्षणमा व्यवसायीहरुले खेलेको भुमिकालाई उजागर गर्ने ।
मूर्त (Tangible) र अमूर्त(Intangible) सम्पदा संग जोडिएका शिल्पी, कलाकार र व्यवसायीहरुलाई आर्थिक उपार्जन र दिगो साँस्कृतिक व्यवसायमा लाग्न प्रेरित गर्ने र उहाँहरुको व्यवसायलाई औपचारिक व्यवसायको रुपमा विकाश गर्दै उनीहरुको ब्यवसायले समाजमा पुरयाउँदै गरेको साँस्किृतिक सम्पदा संरक्षणको भूमिकालाई उजागर गर्ने ।

9 विश्व सम्पदा सूचिमा परेका स्थान लगायत अन्य स्थानहरुलाई पर्यटकीय गन्तब्य स्थानको रुपमा पहिचान र विकास गर्ने ।
कला नगरी ललितपुरमा पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिने र अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटनलाई वढवा दिन यस जिल्लाको विश्व सम्पदा सूचिमा परेका स्थान लगायत अन्य स्थानहरुलाई पर्यटकीय गन्तब्य स्थानको रुपमा पहिचान र विकास गर्ने ।

10 ​स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पु¥याउने ।
स्थानिय व्यापार व्यवसायलाई बढवा दिन स्थानिय अर्थतन्त्र र समृद्धिमा योगदान पु¥याउने कार्ययोजना तयार गरि कार्यन्वयनमा जोड दिने ।

11 ​जिल्ला भित्रका उद्यमी–व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको पहिचान गर्ने।
ललितपुर जिल्ला भित्रका उद्यमी–व्यवसायीहरुलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको (उदाहरणको लागि दक्षिण ललितपुरको सम्भाव्य कृषि जन्य उद्योग तथा उत्पादनको प्रचुर संम्भावनालाई मध्यनजर राख्दै यस भेगको कृषिजन्य उत्पादनको बजारीकरन र ब्यवस्थापन गर्ने) पहिचान गरी त्यसको ब्यवस्थापनका लागि आवश्यक अनुशन्धान तथा परियोजनात्मक कार्ययोजना तय गर्ने ।

12 संघको भुमिका, महत्वलाई सूचना पुलका रुपमा ससक्त बनाउने ।
ललितपुर उद्योग वाणिज्य संघको भुमिका, महत्वलाई सूचना पुलको रुपमा अझ ब्यापक र प्रभावकारी बनाउने ।

13 ​व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने ।
व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने, त्यस्ता मेलाहरूमा स्थानिय व्यापार व्यवसायीहरुका लागि सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्ने ।

14 व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउने ।
उद्योग व्यवसायीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै, व्यवसायी र समुदाय बीचको सम्बन्धलाई बलियो बनाउने ।

15 व्यवसायीहरुको हितलाई ध्यानमा राख्दै पर्यावरण तथा वातावरणीय मुद्धाहरुमा सचेतना जगाउने ।
उद्योग व्यवसायका लागि उपभोक्ता एवम आम नागरिकको ब्यापक सर्मथन जुटाउन जलवायु परिवर्तन, स्थानिय पर्यावरण तथा वातावरणीय मुद्दाहरु लगायतका क्षेत्रमा व्यवसायीहरुको भुमिकालाई प्रभावकारी बनाउने ।

अन्तमा ललितपुर उद्योग वाणिज्य संघको गरिमा र प्रतिष्ठा कायम राख्न, म बिस्व राज बज्राचार्य लगायत हाम्रो समुहका सम्पूर्ण उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराई उद्योग व्यवसायीहरु समक्ष सेवा गर्ने मौका दिनुहुन हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group