ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या आरोपमा सर्वस्वसहित जन्मकैद पाएका गुन्डा नाइकेलाई आममाफी , जेलबाटै स्कर्टिङसहित स्वागत


एबीसी न्यूज
४ आश्विन २०८०, बिहिबार   १ : ०९   बजे

काठमाडौ ४ असोज ।  नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् । व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका गुन्डा नाइके ढकालको कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष पठाएको हो । उनी जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका थिए ।

दाङस्थित घोराही कारागारमा सजाय भुक्तान गरिरहेका ढकाललाई संविधान दिवस पारेर छुटाइएको हो । सर्वस्वसहित जन्मकैद सजाय पाए पनि माफी पाएर छुटेका ढकाललाई स्वागत गर्न कारागारको गेटमै तरुण दलका कार्यकर्ताहरू झन्डासहित पुगेका थिए ।ढकाललाई दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्करसहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेका थिए ।

४० प्रतिशत मात्र सजाय काटेका ढकाललाई माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो । २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा नेपालगञ्जका चर्चित गुन्डा नाइके रिगल भन्ने योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो ।

अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो । तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्न सोहनसिहं ढकाललाई १० वर्ष, प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कालाई जनही जन्मकैदको सजाय कायम गरेको थियो ।यस्तै माधव नेपाली, बिराज पाठक, हरि ओली, मनिष चौलागाई, प्रितम थापा, यमबहादुर बुढामगर, केशवबहादुर रोकायालाई जनही ३ वर्षको सजाय सुनाइएको थियो ।

नेपालगञ्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धर माथि २०७२ साल असार २८ गते खुँडा प्रहार गरी हत्या भएको थियो । घटनामा संलग्न भएका भनिएका रिगल भनिने योग ढकालले २०७२ भदौमा अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।ढकाल हत्यारा पुष्टि भएर जेल जानुअघिसम्म नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

सम्बन्धित

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu