ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुगमनमा निस्कियो महानगरको टोली, विद्यालय बन्द गरिएको भेटे कारबाही गरिने


एबीसी न्यूज
४ आश्विन २०८०, बिहिबार   २ : ४१   बजे

काठमाडौं,४ असोज । विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन्। देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै पठनपाठन रोकिएको छ।

बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प भएका छन्।

सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ।

महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो। तर आन्दोलित शिक्षक महासंघले कारबाही गरिएमा प्रतिकार थाल्ने चेतावनी दिएको थियो।

यसैबीच काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालयमा खटाएको छ।

विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्न आफूहरु खटिएको पाण्डेले बताएका छन्।

आफूहरुले शिक्षकको हाजिरी हेर्ने भन्दा बन्द वा खुला रहेको बुझ्न मात्रै खटिएको उनले बताए। यदि विद्यालय बन्द भएको पाइएमा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुलाई महानगरको शिक्षा विभागले कारबाही अघि बढाउने छ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu