ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस बैठक शिक्षकहरूको पक्षमा : माग पूरा गर्न सरकारलाई दबाब दिनुपर्नेमा जोड


एबीसी न्यूज
५ आश्विन २०८०, शुक्रबार   ३ : ०८   बजे

काठमाडौं, ५ असोज ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले देशको ठूलो शक्ति सरकारमा भएकाले शिक्षकका माग सम्बोधनका लागि पार्टीले पहलकदमी लिनुपर्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार जारी दोस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न माग गरेका हुन् ।

शुक्रबार बैठकको सुरुमै बोल्दै केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षकका जायज मागमा कांग्रेसले प्रतिबद्धता जाहेर गर्नुपर्ने बताए । उनले आजकै बैठकबाट यस विषयमा कांग्रेसले ठोस निर्णय दिनुपर्ने धारणा राखे ।

‘‘शिक्षक साथीहरूका जायज मागमा कांग्रेस प्रतिबद्ध छ । यसमा हामी अगाडि बढ्छौँ भन्दा उचित हुन्छ,” उनले भने ।

सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ लाई भदौ २७ गते संघीय संसद् सचिवालयमा दर्ता गरेको थियो । सरकारले सरोकारवाला परामर्श नगरी विधेयक बनाएको, आफूहरूको अधिकारमाधि धावा बोलेको जिकिरसहित शिक्षकहरू आन्दोलनरत छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य गुरु बरालले शिक्षकहरूलाई राजनीतिक गतिविधिबाट शून्य बनाउन कांग्रेसले थालनी गर्नुपर्ने बताए । तर, उनले शिक्षकका जायज माग भने पूरा गर्नैपर्ने धारणा राखे ।

अर्का केन्द्रीय सदस्य प्राध्यापक डाक्टर गोविन्द पोखरेलले शिक्षा क्षेत्र गन्जागोल भएको र शिक्षकहरू आन्दोलित भएको अवस्थाबारे गम्भीर वार्ता र छलफल आवश्यक रहेको उल्लेख गरे ।

“शिक्षा क्षेत्रमा गन्जागोल छ, शिक्षकहरू आन्दोलित छन् । पार्टी सरकारमा छ, तर किन यस्तो भएको छ रु कमसेकम घनिभूत वार्ताको माहोल बनाउनेतिर लागौँ,” पोखरेलले भने ।

सरकारले संसद्‌मा विधेयक दर्ता गराएपछि शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । देशभरबाट काठमाडौंमा भेला भएका शिक्षकहरूले माइतीघर मण्डलादखि बानेश्वरलाई केन्द्र बनाएर आन्दोलन गरिरहेका छन् ।

अर्का केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले प्रजातन्त्र पुनर्स्थापनका लागि अग्रमोर्चामा उभिएर लड्ने मियो शिक्षकहरू भएकाले उनीहरूको जायज माग पूरा गराउनु कांग्रेसको कर्तव्य भएको बताइन् ।

“पार्टीको बैठक चलिरहँदा शिक्षक आन्दोलनमा हुनुहुन्छ, सडकमा हिँड्न सकिन्न,” उनले भनिन्, “शिक्षकहरू प्रजातान्त्रिक आन्दोलनको मियो हुन् । उहाँहरूको जायज मागहरू सरकारलाई पूरा गर्न केही निर्णय गर्नुपर्छ ।”

पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि शिक्षक आन्दोलनको पक्षमा आफ्नो मत राखे । ठूला दलले आमसभा गर्दा १० हजार पनि उपस्थित नहुने तर ‘चक–डस्टर’ बोकेर पढाउने एक लाख बढी शिक्षक सडकमा निस्कनुको अर्थ जटिल भएको बताए ।

“शिक्षण पेसामा संकटमा परेपछि उनीहरू आन्दोलनमा छन् । यसमा कांग्रेस बैठकले महत्त्वपूर्ण निर्णय गर्नुपर्छ,” उनले भने, “उहाँहरूको माग चाँडो भन्दा चाडो टुंगो लगाउनुपर्छ ।”

अर्का केन्द्रीय सदस्य जीवनबहादुर शाहीले शिक्षकहरूमाथि ज्यादती नगरी जायज माग पूरा गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि शिक्षकहरूको आन्दोलका कारण विद्यार्थीले पढ्न पाउने मौलिक हक गुमाएको भन्दै यसतर्फ पार्टी गम्भीर बन्न अनुरोध गरे ।

उनले विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया मध्यपूर्वका खाडी राष्ट्रमा गएको भिड देख्दा हर कोहीको आँखा रसाउने गरेको उल्लेख गरे ।

“देशभरका शिक्षकहरू आफ्ना माग लिएर काठमाडौंका सडक नापिरहेका छन् । उनीहरू सडकमा हुँदा सामुदायिक विद्यालयमा अध्ययनरत लाखौँ विद्यार्थी पढ्न पाउने मौलिक अधिकारबाट वञ्चित छन्,” शिवाकोटीले भने, “तत्काल उनीहरूको माग पूरा गरी विद्यार्थीको मौलिक हक कुण्ठित नगर्न यो बैठकले सरकारलाई निर्देशित गरोस् ।”

शिक्षकहरूले संसद्‌मा दर्ता भएको विधेयकमा अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवाकालगायत माग राखेका छन् । यस्तै, उनीहरूले ग्रेड र तलबमा विभेद, स्थानीय तहले प्रधानाध्यापक चयनमा असन्तुष्टि, पद समायोजनका विषय, शिक्षक सरुवाका सबै अधिकार पालिकालाई दिइएकोमा आपत्ति, द्वन्द्व तथा राजनीतिक पीडित शिक्षकको सेवा अवधिका सवाल पनि उठाएका छन् ।

शिक्षकहरूले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दिने भत्तामा विभेद भएको, विद्यालय व्यवस्थापन समितिको संरचना, दरबन्दी हस्तान्तरण, संविधानप्रदत्त ट्रेड युनियन अधिकारका विषय अगाडि सारेका छन् ।

शिक्षकहरूको तीन दिनदेखि जारी आन्दोलनले देशभरका सरकारी विद्यालय ठप्प छन् । विद्यार्थीहरूको पढ्न पाउने हक अधिकार खोसिएको छ । उनीहरू पटक–पटक सरकारसँग वार्तामा बसे पनि समाधान निस्किएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group