ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शृङ्खलाबद्ध रूपमा बाल सुधारगृह ब्रेक, बालिगबन्दीका कारण सुरक्षा जोखिम बढ्दै


एबीसी न्यूज
५ आश्विन २०८०, शुक्रबार   ४ : १५   बजे

काठमाडौं, ५ असोज ।  भक्तपुरस्थित बाल सुधारगृहबाट सुरु भएको सुधारगृह ‘ब्रेक’को घटनाको असर अन्य बाल सुधारगृहमा देखिन थालेको छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित बाल सुधारगृहमा राखिएका रामेछाप मन्थली नगरपालिका–३ का कमल बस्नेतको सुधारगृह प्रशासनको कमजोरीका कारण मृत्यु भएको भन्दै बालबन्दी आन्दोलित बनेका थिए ।

सोही विषयको विवाद उत्कर्षमा पुगेपछि सुधारगृहमा रहेका २५३ किशोर फिल्मी शैलीुमा सुधारगृह तोडफोड गरेर भागेका थिए । जसमध्ये एकजना अझै फेला परेका छैनन् । त्यो बेला प्रहरीले नियन्त्रणमा लिएकामध्ये १४ जना बालकलाई वीरगञ्ज, १४ जनालाई हेटौँडा, १३ जनालाई भैरहवा र ६ जनालाई डोटीको बाल सुधारगृहमा सारिएको थियो ।

भक्तपुरको बाल सुधारगृहबाट त्यसरी सुरु भएको सुधारगृह ब्रेकको घटना अब त्यतिमै सीमित रहेन । पछिल्लो समय अन्य बाल सुधारगृहमा समेत भक्तपुरकै शैलीका घटना देखिन थालेका छन् ।

बिहीबार रातिमात्रै बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृहमा रहेका बालबन्दीको दुई पक्षबीच झडप हुँदा एकजनाको ज्यान नै गएको छ ।

सुधारगृहभित्रका बालबन्दीका दुई समूहबीच झडप हुँदा रूपन्देही कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसीको ज्यान गएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जानकारी दिए ।

उनी जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा दोषी ठहर भएर बाल सुधारगृह पुगेका थिए । झडपपछि बाल सुधारगृह तोडफोड गरी ३० जना सुधारगृहबाटै भागेका थिए ।

भागेकाहरूमध्ये केही अझै प्रहरीको सम्पर्कमा आएका छैनन् । झडपमा परी १० जना घाइते भएका छन् ।

एक साता अघिमात्रै २६ भदौमा वीरगञ्जको बिर्तास्थित सुधारगृहमा समेत यही प्रकृतिको घटना घटेको थियो । मानवीय क्षति नभए पनि दुई पक्षबीच झडपमा ११ जना बालबालिका घाइते भएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे नै परेको थियो ।

बालबन्दीहरूले सुधारगृहभित्रबाट प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरी लामो समयसम्म सुधारगृहभित्र पस्न नै सकेन । अवस्था सामान्य पार्न प्रहरीलाई करिब १२ घण्टा लागेको थियो ।

बालिगका कारण जोखिममा बालसुधारगृह

भक्तपुरबाट सुरु भएको सुधारगृह ब्रेकको घटना अन्य बाल सुधारगृहसम्म पुग्न लागेपछि सुधारगृहको सुरक्षा चुनौती हुन थालेको छ । बाल सुधारगृह तोडफोडमा बालिगहरू संलग्न हुने गरेका छन् ।

भक्तपुर सुधारगृह तोडफोड हुँदा सुधारगृहभित्र रहेका कुल २५३ मध्ये १३१ जना भने बालिग रहेको सुधारगृहका प्रशासन प्रमुख केशव सुवालको भनाइ छ ।

त्यस्तै, बाँकेको बालसुधारगृहभित्रसमेत बाल सुधारगृहमा रहेका २५४ जना बालबन्दीमध्ये १६५ जना १८ वर्ष नाघेका बालिग रहेको खुलेको छ ।

बाँकेका एसपी राठौरका अनुसार उनीहरूकै कारण झडपको अवस्था आएको हो । त्यस्तै, विरगञ्जको सुधारगृहमा भक्तपुरबाट सरुवा गरिएका १४ जना बालबन्दीकै कारण विवाद सुरु भएको थियो । उनीहरू सबै बालिग थिए ।

विरगञ्ज सुधारगृहमा १३४ जना बालकैदी छन् । जसमध्ये अधिकांश १८ वर्ष नाघेका बालबालिका छन् ।

कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार कानुनी व्यवस्थाका कारण १८ वर्ष उमेर नाघेकालाई बाल सुधारगृहबाट कारागार सार्न नसकिएको हो ।

१८ वर्ष नपुग्दै जघन्य अपराधमा दोषी ठहर भएका बालबालिकाहरू लामो समय जेल बस्नुपर्ने र १८ वर्ष पूरा हुँदा पनि अन्य जेलमा सरुवा गर्न नहुने कानुनी व्यवस्था छ ।

निर्देशक पाण्डे भन्छन्, पछिल्लो घटनाले १८ वर्ष पूरा भएकालाई कारागारमै राख्नुपर्ने सन्देश दिएको छ । सुरक्षाको कोणले पनि १८ वर्ष पूरा भएकाहरूसँगै उमेर कम भएका राख्दा अझ जोखिम देखिन्छ । हामी कानुनी परामर्शमा छौँ ।’

बाल सुधारगृहको सुरक्षाका लागि खटिएका प्रहरीलेसमेत बिना हतियार सुरक्षा गर्नुपर्ने व्यवस्थाका कारण थप सुरक्षा चुनौती देखिएको छ ।

हाल देशभरका आठ जिल्लामामात्रै बाल सुधारगृह सञ्चालनमा छन् । भक्तपुर मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रूपन्देहीमा सुधारगृह सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group