ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ११ : ३९   बजे

काठमाडौ ७ असोज । चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन शुरु गरेको छ ।चिनीको भाउ बढ्नुको कारणबारे अध्ययन गर्न टोली गठन गरेको र टोलीले केही दिनमै प्रतिवेदन तयार पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन शाखाका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए ।टोलीको प्रतिवेदनका आधारमा कारबाही तथा हस्तक्षेप गर्ने उनले बताए।

अहिले बजारमा अनुगमन गर्दा पनि व्यापारीहरुले बिक्री अनुपातको खरिद बिल देखाउन नसकेका कारण मूल्यमा कालोबजारी नै देखिएको उनले बताए।हरेक चाडपर्वमा विभिन्न बहानामा चिनीको भाउ बढ्ने गरेकोमा यो वर्ष व्यापारीहरुले अभावलाई कारण देखाएका छन् ।

होलसेल बजारमै भाउ बढेकाले खुद्रा व्यापारीहरुले बढाएका छन् । तर होलसेल बजारमा भाउ बढ्नुपर्ने कारण नरहेको र अध्ययन भइरहेको विभागले जनाएको छ । भाउ धेरै बढेपछि कतिपय खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । आफूसँग स्टक नरहेका भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँसम्ममा पाइने चिनीको भाउ अहिले ३० प्रतिशतसम्म बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu