ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट मनसुन बाहिरिन सुरु, नेपालबाट मनसुन बाहिरिन अब कति बाँकी


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ११ : ५३   बजे

काठमाडौ ७ असोज । नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।
तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख ९जेठ ३१ गते० मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन अब एक हप्ता बाँकी छ ।

कहिलेकाहिँ सरदर मितिभन्दा दुई(चार दिन ढिलो(चाँडो पनि मनसुन बाहिरिने गर्दछ ।पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । भारतको राजस्थानबाट भने मनसुनी वायु बाहिरिन सुरु गरिसकेको छ । भारतको मौसम विज्ञान विभागले भोलि सोमबारदेखि मनसुन बाहिरिन सुरु गर्ने जनाएको छ ।नेपालका एक जना मौसमविद राजु प्रधानाङ्गले भारतबाट मनसुन बाहिरिन सुरु गरिसकेकाले पश्चिम नेपालबाट पनि एक हप्तापछि मनसुन बाहिरिन सुरु हुनसक्ने अनुमान गरिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नेपालबाट मनसुन कहिले बाहिरिन्छ भनेर अहिले नै ठ्याक्कै त भन्न सकिँदैन तर भारतको राजस्थानबाट बाहिरिन सुरु गरिसकेकाले नेपालमा पनि एक हप्तापछि सुरु होला भन्ने अनुमान हो ।

’मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु ९मनसुनी वायु० लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ ।सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ । काठमाडौं उपत्यकामा बिहानपख जाडो महसुस हुँदै गएको छ । यद्यपि जाडोको वायुका साथै मनसुनका अरु धेरै प्रणालीहरु छन्, ती सबै बाहिरिँदै जानुपर्छ ।स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर मनसुन बहिर्गमनको घोषणा गरिन्छ ।

तर अहिले मनसुन कमजोर भए पनि बाहिरिने अन्य पूर्वसंकेतहरु देखिएका छैनन् । त्यसैले मौसमविदले मनसुन बहिर्गमनको मितिबारे ठोकुवाका साथ भन्न नसकेका हुन् ।मौसमविद प्रधानाङ्गका अनुसार अहिले मनसुन कमजोर हुँदै गए पनि केही एक(दुई स्थानमा अझै भारी वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।अहिले भने कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कोशी प्रदेशका तराई भूभाग झापा र मोरङतिर हल्का वर्षा पनि भइरहेको छ । अन्य प्रदेशमा भने अहिले आंशिकदेखि सामान्य बदली छ । मनसुन कमजोर हुँदै गएको र मनसुन बाहिरिने मिति पनि नजिकिँदै गएकाले विगतमा जस्तो अति भारी वर्षाको सम्भावना भने अब नरहेको मौसमविद बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu