काठमाडौं,२६ माघ । प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट शुक्रबार हुने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सीट संख्या शुक्रबार घोषणा गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
शुक्रबार सीट बाँडफाँड गरी राजनीतिक दलहरुलाई नाम सिफारिस गर्न तीन दिनको समय दिइनेछ । राजनीतिक दलले आउँदो सोमबारसम्ममा नाम पठाइसक्नुपर्ने र त्यसपछि दुई दिन नाम सच्याउने समय दिएर विजयीको नाम प्रकाशन गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यहि अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । जसअनुसार कम्तिमा ८४ जना महिलाको नाम दलहरुले पठाउनैपर्ने छ ।
बन्दसूचीमा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजबादी फोरमले ५ जना महिलाको नाम पठाउनैपर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्