ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपविरुद्धको मुद्दामा जिल्ला अदालतमा २९ पटक पेसी, १३ न्यायाधीश फेरिए


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   १२ : ३७   बजे

काठमाडौं, ७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि काठमाडौं जिल्ला अदालतको ‘स्थगित’ सूचीमा पर्‍यो ।

गत वर्ष असोज ७ गते दर्ता गरिएको सन्दीपविरुद्धको मुद्दा अहिलेसम्म २९ पटक तारेखमा चढिसकेको छ । यो मुद्दामा काठमाडौं जिल्ला अदालतमा मात्र १३ न्यायाधीश फेरिइसकेका छन् ।

यसबीचमा ‘गौशाला २६’ को स्वास्थ्य जाँच गर्ने नभएर अर्कै चिकित्सकको बयान लिएको पाइएको छ । सन्दीपका तर्फबाट गौशाला २६ नाबालिग नभएको भन्दै पेस गरिएको जन्मदर्ता प्रमाणपत्र नक्कली प्रमाणित भइसकेको छ ।

पीडित गौशाला २६ की आमाको जन्ममिति यकिन गर्ने आदेश पनि अदालतबाट भएको छ । पहिलेको जन्मदर्ता नक्कली प्रमाणित भइसकेपछि गौशाला २६ बसाइँ सर्नुअघि अर्थात् जन्मिएको पालिकाबाट जन्मदर्ता यकिन गर्ने आदेश समेत भएको छ ।

जिल्ला अदालतमा अन्तिम सुनुवाइका लागि भन्दै तोकिएको पेसी सरेको मात्र यो चौथोपटक हो । सन्दीपलाई सुरुमा पुर्पक्षका लागि थुनामा पठाउने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश उच्च अदालतबाट खारेज भएको थियो । उच्च अदालतबाट खेलजीवन र विदेश यात्राका लागि लगाइएको प्रतिबन्ध पनि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले खारेज गरेको थियो ।

त्यससँगै सर्वोच्चबाट छिटो सुनुवाइ गर्ने आदेश गरिएको थियो । तर, जिल्ला अदालतबाट सुनुवाइ अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu