ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई मन्त्रालयले सोध्यो ११ बुँदे स्पष्टीकरण


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   १२ : ४२   बजे

काठमाडौं, ७ असोज । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले पदीय जिम्मेवारी वहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ बुँदे स्पष्टीकरण सोधेको छ । यही असोज ४ गते मन्त्रीस्तरीय निर्णयबाट तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो ।

कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकार जिम्मेवारीका साथ सम्पादन नगरेको मन्त्रालयको आरोप छ ।

महालेखापरीक्षकको प्रत्येक वर्षको प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा रहेको, बेरुजु फर्छ्योट स्थिति सन्तोषजनक नभएको र प्रतिवेदनमा दिइएका सुधारका प्रयास नगरेको आरोप पनि बसौलामाथि लगाइएको छ ।

यस्तै, बसौलाले आफू मातहतका कर्मचारीलाई विभेदपूर्ण व्यवहार गर्ने गरेको, बिमा बोर्डको आन्तरिक सुशासन कमजोर बनाई प्रशासनिक र आर्थिक व्यवस्थापन पक्ष चुस्तदुरुस्त नराखेको आरोप उनीमाथि छ ।

यी हुन् डा। बसौलालाई सोधिएको स्पष्टीकरणका ११ बुँदा–
१ स्वास्थ्य बिमामा आबद्ध हुने बिमितको उपचारबापतको रकम समयमै समानुपातिक रूपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनुपर्नेमा तपाईंकै मिलमतोमा सीमित अस्पताल र कलेजहरूलाई मात्र दोहोर्‍याएर दिने तर केही अस्पतालहरूको वर्षौँदेखिको सोधभर्ना भुक्तानी नगरेको भनी सञ्चारमाध्यम तथा अस्पतालहरूबाट बारम्बार आएको गुनासोको सम्बोधन किन नगरेको रु
स्वास्थ्य बिमा कार्यक्रम देशभरि प्रभावकारी रूपमा लागु हुनुपर्नेमा सो नगरी ११ जिल्लामा बिमा कार्यक्रम किन सुचारु हुन नसकेको रु
३। त्यस बोर्डका ना।सु। प्रकाशमान केसीले बरबुझारथ नगरेको, बिमितको रकम हिनामिना गरेको र समयमै लेखापरीक्षण गरी गराई स्रेस्ता ठिक दुरुस्त राख्नुपर्नेमा पदीय जिम्मेवारी पालना नगरेको तथा त्यसबापतको हानि नोक्सानीको जिम्मेवारी कार्यकारी निर्देशकले लिनुपर्ने वा नपर्ने रु स्पष्ट खुलाइ पेस गर्ने ।
४ त्यस बोर्ड तथा मातहतका कार्यालयको लेखापरीक्षण समयमै गराई स्वास्थ्य बिमा बोर्डको आर्थिक तथा जिन्सी व्यवस्थापनलाई चुस्तदुरुस्त अभिलेख राख्नुपर्नेमा सो नगरी बिमितको रकम यकिन हुनुपर्नेमा सो नहुनुमा तपाईं जिम्मेवार हुनुपर्ने वा नपर्ने रु
५ त्यस बोर्डको स्वीकृत दरबन्दीभित्रका पूर्ति, रिक्त तथा अन्य अवस्थाको विवरण मन्त्रालयमा समयमै उपलब्ध गराउनुपर्नेमा सो नगरी कतिपय प्रशासनिक पदमा पदपूर्ति सोझै अन्य निकायबाट गर्ने गराउने कार्यमा संलग्न भएको देखिएकोले त्यस्तो गर्नुको कारण स्पष्ट गर्ने ।
६ त्यस बोर्डको अनुरोधअनुसार मन्त्रालयको निर्णयबाट कामकाज गर्न पठाएका कर्मचारीहरूलाई कानुनबमोजिम बरबुझारथको समय समेत नदिई रमाना दिएको तथा मन्त्रालयको जिम्मेवार तहबाट निर्देशित गर्दा समेत सुनवाइ नगरी निर्णयको पालना समेत नगर्नुको कारण पेस गर्ने ।
७ तपाईं १३ देखि १५ जुन २०२३ मा जर्मनीको बर्लिनमा भएको ग्लोवल फोरम अन अडप्सन सोसियल प्रोटेक्सन इन बर्लिन कार्यक्रममा मन्त्रालयको भाग लिन स्वीकृतिका लागि मन्त्रालयमा टिप्पणी पेस गरी मन्त्रालयको स्वीकृतिबिना कार्यक्रममा सहभागी हुनुको स्पष्ट कारण खुलाइ पेस गर्ने ।
८ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी दिनुपर्ने रकम, आम्दानी हुने रकम ९प्रिमियम०को अन्तर अत्यधिक भइ भुक्तानी सन्तुलन बिग्रिएको, वित्तीय व्यवस्थापन अस्तव्यस्त भएको देखिन र बुझिन आएकोले के कति कारण किन र कसरी समस्या भएको हो रु समाधानतर्फ पहल किन नगरेको हो स्पष्ट खुलाइ पेस गर्ने ।
९ म।ले।प।को प्रत्येक वर्षको लेखापरीक्षणको प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा रहेको, बेरुजु फर्छ्योट स्थिति सन्तोषजनक नभएको, प्रतिवेदनमा उल्लेखित सुधारका सुझावहरू कार्यन्वयन गर्न नसक्नुको कारण स्पष्ट गर्ने ।
१० स्वास्थ्य बिमा बोर्ड र अन्तर्गतका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई विभेदपूर्ण व्यवहार गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्ने ।
११ स्वास्थ्य बिमा बोर्डको आन्तरिक सुशासन कमजोर बनाई प्रशासनिक र आर्थिक व्यवस्थापन पक्ष चुस्तदुरुस्त नहुनुको कारण स्पष्ट गर्ने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group