मोरङ, २६ माघ । प्रदेश नं. १ मा एमालेको संसदीय दलको नेता छान्न चुनाव नै हुने भएको छ । सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । तीनजना नेताहरु भीम आचार्य, शेरधन राई र जीवन घिमिरे मुख्यमन्त्रीको दाबीका साथ मैदानमा उत्रिएपछि संसदीय दलको नेता छान्न सकस देखिएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने भएकाले तीनैजना नेताहरु आन्तरिक लविङमा जुटेका छन् ।
एमाले भित्र देखिएको गुटगत राजनीतिले मनोनयन दर्ता गर्ने समय बिहान ११ बजेसम्म रहको छ । आचार्य र घिमिरे नेपाल पक्षका तथा राई ओली पक्षमा हुन् । ओली पक्षका नेता भानुभक्त ढकाल राईलाई मुख्यमन्त्री बनाउन केही दिनदेखि बिराटनगरमा नै बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्