ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अटम सिजन’मा पर्यटक : अपेक्षा ८० प्रतिशत, होटल बुकिङ ५० पतिशत मात्रै


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   १ : १७   बजे

काठमाडौं, ७ असोज । पर्यटन सिजन सुरु हुन लाग्दा होटलको प्री बुकिङ ४५ देखि ५० प्रतिशत मात्रै भएको छ। ‘अटम सिजन’मा ८० प्रतिशतसम्म बुकिङ हुने अपेक्षा थियो। तर कम बुकिङ भएको व्यवसायीहरुले बताएका छन्।

सन् २०२२ को तुलनामा पर्यटक आगमन राम्रै रहे पनि वसन्त ऋतुको तुलनामा प्री बुकिङ कम रहेको व्यवसायीहरुले बताएका छन्।

सन् २०२३ को पहिलो ८ महिनामै ६ लाख १ हजार ३ सय ६० पर्यटक भित्रिएका छन्। सन् २०१९ को तुलनामा ९१ प्रतिशत बढी पर्यटक भित्रिएका हुन्। उक्त वर्ष ७३ हजार ८१४ पर्यटक हवाइ मार्गबाट आएको सरकारी तथ्यांक छ।

होटल संघ नेपालका महासचिव साजन शाक्यले अक्टोबर र नोभेम्बरमा ८० प्रतिशत होटल बुकिङको अपेक्षा गरेको बताए।

‘अहिले ४५ देखि ५० प्रतिशत अकुपेन्सी हुनेगरी प्री बुकिङ रहेको छ,’ शाक्यले भने, ‘अबका २ महिना सबैभन्दा बढी पर्यटक भित्रिने सिजन हो। ८० प्रतिशत होटल अकुपेन्सी पुग्नेमा आशंका छ।’

सरकारले १० लाख पर्यटक आउने गरी राखेको लक्ष्य पूरा हुने देखिए पनि व्यवसायीले त्यो भन्दा बढी आशा गरेको शाक्यले सुनाए।

व्यवसायीले सन् २०१८र१९ मा जस्तै अहिलेको सिजनमा पर्यटक भित्रिने आशा गरेका थिए।

हिमाल आरोहरण र ट्रेकिङ सिजन सुरु भए पनि पर्यटकीय गतिविधि अझै चलायमान हुन सकेको छैन। सेम्टेम्बर २२ सम्म १९ हिमाल आरोहणका लागि अनुमति लिएका छन्।

जसमा सबैभन्दा बढी मनास्लुमा २६ टिमका ३०१ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले मनास्लुमा गत वर्षको तुलनामा घटे पनि अन्यमा राम्रै रहेको बताए।

विभाग अन्तगर्तको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख गुरुङले मनास्लुमा आरोहण अनुमति लिने ४० प्रतिशतले घटेको बताए।

‘मनास्लुमा गत वर्ष समिट गर्ने चुचुरो परिवर्तन गर्दा धेरै टिमले आरोहण गरेका थिए,’ निर्देशक गुरुङले भने, ‘गत वर्ष ४१ टिम थिए, अहिले २६ टिम मात्रै छन्।’

मनास्लुबाहेकका हिमालमा आरोहण अनुमति लिने अनुपात भने नघटेको उनले बताए। हालसम्म ३९५ ले मात्रै हिमाल आरोहण अनुमति लिएका छन्। जसमा ४८ देशका ४७ टिम छन्।

ट्रेकिङ एजेन्सिस् एशोसिएसन अफ नेपाल ९टान० का वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले प्री–बुकिङ आइरहे पनि पुरानै अवस्था नफर्किसकेको बताए।

‘वसन्त ऋतुको पर्यटक आगमन हेर्दा अहिले धेरै चहलपहल हुने आशा गरेका थियौँ,’ दाहालले भने, ‘एकदमै कम त होइन, तर सोचेअनुसार पर्यटक आउने देखिएन। अहिले वसन्त ऋतुको जति पनि नपुग्ने चिन्ता छ।’

दाहालले अहिले सन् २०२२ को पर्यटक आगमनभन्दा धेरै भए पनि सन् २०१८र१९ मा जस्तो नभएको सुनाए।

‘कोभिडअघिकै अवस्थामा पुग्छ भन्ने विश्वास थियो तर नेपालका आफ्नै कारणसंगै विश्व बजारमा आर्थिक अवस्था चलायमान नहुँदाको असर देखिएको छ,’ दाहालले भने।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले सिजन भर्खरै सुरु हुन लागेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए।

‘पहिला सेप्टेम्बरदेखि डिसेम्बरसम्म आउँथे। अहिले जनवरीसम्मै आउँछन्,’ रेग्मीले भने, ‘वर्षात् अझै सकिएको छैन, बुकिङ राम्रै छ।’
धेरै महिनाअघि नै प्री–बुकिङ गर्ने अवस्था परिवर्तन भइसकेकाले सन्तोषजनक पर्यटक भित्रिने उनको तर्क छ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले पर्यटक आगमन बढिरहेको बताएका छन्। उनले पर्यटक र विप्रेषण बढे पनि अर्थतन्त्र अझै चलायमान हुन नसकेको बताए।

‘पर्यटक आगमन बढिरहेको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ,’ अर्थमन्त्री महतले बिहीबार काठमाडौंमा भने, ‘तर अर्थतन्त्र चलायमान हुन समय लागिरहेको छ।’

दसैं–तिहारमा विदेशीसँगै आन्तरिक पर्यटकीय गतिविधि पनि बढी हुने गरिएको छ। व्यवसायीले दसैंसम्म विदेशी पर्यटकको आगमन बढ्ने र आन्तरिक पर्यटक पनि घुम्न निस्कने विश्वास गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group