काठमाडौं, २६ माघ – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आज दोस्रो स्मृति दिवस मनाईदैछ । उहाँको २०७२ साल माघ २६ गते निधन भएको थियो ।
२०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति हुनुभएका कोइराला २०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । उहाँले २०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो । नेपालका ३७ औं प्रधानमन्त्री हुनुभएका कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी भएको हो ।
प्रतिक्रिया दिनुहोस्