ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै


एबीसी न्यूज
९ आश्विन २०८०, मंगलबार   ५ : ५२   बजे

काठमाडौ ९ असोज । नेपालीहरुको महान चाड वडा दशैंलाई लक्षित गरी सरकारले हरेक बर्ष अग्रिम बुकिङ खुलाउने गर्दछ । यस बर्ष पनि सरकारले अग्रिम बुकिङ खुलाउने तयारी गरेको छ । यसका लागि एक चरण सरकार र यातायात व्यवसायीबीच छलफल समेत भइसकेको छ ।अग्रिम बुकिङ खुलेसँगै हरेक वर्ष बसपार्कमा ठूलो भीड सँगै । टिकट लिन तँछाडमछाड चल्ने गर्छ ।

तर, तपाईं प्रविधिको पहुँचमा हुनुहुन्छ भने अब टिकट काट्न बसपार्कमै भीडभाड गर्नु पर्दैन ।अहिले विभिन्न अनलाइन माध्यमहरु बसको टिकट अग्रिम बुकिङ गर्न सञ्चालनमा छन् । जसको माध्यमबाट सजिलै आफ्नो गन्तव्यसम्मको बसको टिकट घर बसीबसी आफ्नै मोबाइलबाट बुकिङ गर्न सकिन्छ ।नेपालमा अहिले सबैभन्दा ठूलो सञ्जाल बनाइसकेको अनलाइन माध्यम ‘बस सेवा’ले ६० भन्दा बढी जिल्लामा जाने गरी अनलाइन टिकट काट्ने सुविधा उपलब्ध गराएको छ ।

बस सेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग बस सेवाले सहकार्यको सम्झौता गरिसकेको छ । सोही अनुसार निर्धारित रुटमा अनलाइनबाटै टिकट बुकिङ गर्न सकिन्छ । यसका लागि बससेवाले ई–सेवा, खल्ती, फोन–पे, आईएमई–पे, माइ–मे, कनेक्ट आईपीएससहितका भुक्तानी सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेको छ । अर्थात् ती माध्यमबाट यात्रुले बसको टिकट पैसा तिर्न सक्छन् ।

दैनिक दुईतर्फी ३५ हजार सिट अनलाइनमा उपलब्ध हुने

बससेवाले मात्र दशैंमा दैनिक दुईतर्फी ३५ हजार वटा सिट अनलाइनबाट बुकिङ गर्न सकिने गरी व्यवस्था गर्न लागेको सीईओ खनालले जानकारी दिए ।
खनालका अनुसार अग्रिम बुकिङका लागि भने सरकारले अग्रिम बुकिङ खुलाएकै मितिदेखि मात्र अनलाइनमा पनि बुकिङ गर्न सकिन्छ । अनलाइनबाट टिकट बुक गर्दा यात्रु स्वयंले सिट हेरेर छान्न पाउने भएकाले सिट फरक पर्ने सम्भावना नहुने खनालले बताए ।अनलाइनबाट सिट बुक गर्दा उपलब्ध सिट मात्र बुकिङ गर्न मिल्छ,’ उनले भने । यसले चाडबाडको समयमा यात्रु र बस स्टाफबीच हुने लफडा कम गर्न समेत सहयोग गर्ने खनालको भनाइ छ ।

कहिले खुल्छ अग्रिम बुकिङ ?

यातायात व्यवस्था विभागका अनुसार अहिले सरोकारवालासँग छलफल चलिरहेको छ । त्यसपछि अग्रिम बुकिङ खुलाउनेबारे निर्णय हुनेछ । विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले सरोकारवालासँग छलफल भइरहेको भन्दै अग्रिम बुकिङ खुलाउने मिति निश्चित भइनसकेको जानकारी दिए ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशभरको सडकको भद्रगोल अवस्थालाई व्यवस्थापन नगरी अग्रिम बुकिङ खुलाउन नसकिने जानकारी सरकारलाई गराइएको बताउँछन् । अघिल्लो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा व्यवसायीले कम्तिमा मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक खण्ड बीना अवरोध सञ्चालन हुन सक्ने गरी छिटो निर्माण सक्न माग गरिएको उनले बताए ।‘हामीले अग्रिम बुकिङ लिने तर त्यही सडकका कारण गाडी समयमा आउन सकेन भने गाली हामीले खान्छौं,’ उनले भने, यो समस्यामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छौं ।’यसबाहेक भाडा समायोजनको विषय समेत व्यवसायीले राखेको उनले जानकारी दिए । २०७८ सालमै निर्णय भएको भाडा कार्यान्वयन गर्न अहिले पनि आलटाल भइरहेको छ, यसलाई पनि कार्यान्वयनमा लैजाऔं भन्ने हाम्रो माग छ । ‘यो सम्बोधन हुनासाथ अग्रिम बुकिङ खुल्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group