ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधार इलाका’ रोल्पामा रवि छिरेपछि माओवादी घटकमा तरंग,


एबीसी न्यूज
१० आश्विन २०८०, बुधबार   १ : ११   बजे

काठमाडौं, १० असोज ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यही असोज २ गते मा‌ओवादीहरुको उद्गम थलो रोल्पा पुगे।

जन आवाज सुन्न गाउँघर जाने अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, माओवादी नेतृ ओनसरी घर्ती र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको गृहजिल्लामा रवि पाँच दिन अर्थात असोज ७ गतेसम्म बसेर फर्किए।

त्यसक्रममा उनी १० वर्षे युद्धका क्रममा सबैभन्दा चर्चित माओवादीको थलो थवाङसमेत पुगेर फर्किए।

 

१० वर्षे युद्ध रोल्पाबाटै थालनी गरेको माओवादीले भन्दै आएको आधार इलाकामा रविको प्रवेशले त्यहाँ एउटा राजनीतिक तरंग ल्याएको छ।

माओवादीको जनमुक्ति सेनाले रोल्पालाई आधार इलाका बताउँदै आएको थियो। रवि मा‌ओवादी सेनाको त्यही आधार इलाकाका गाउँ गाउँ मात्रै घुमेनन्, स्थानीयसँग अन्तरक्रिया पनि गरे।

माओवादी जनयुद्धको उद्‌गम थलो रोल्पामा रवि लामिछाने, ५ दिन बस्ने
उक्त अन्तरक्रियामा युद्धका कयौँ पीडितले जनयुद्धका क्रममा बेपत्ता आफ्ना आफन्तको खोजीदेखि मारिएका तथा घाइतेहरुलाई उचित राहत नमिलेकोसम्म गुनासो गरे।

कतिपय युद्धपीडित महिलाहरुले त माओवादीले आफूहरुका कुरा सुन्दै नसुनेको बताउँदै रवि नै आफ्ना लागि अन्तिम सहारा रहेको समेत भन्न भ्याए।

रवि रोल्पा छिर्ने थाहा पाएपछि रोल्पाकी एमाले सांसद ईश्वरी जीएमले उनको स्वागत तथा सफलताको शुभकामना पनि दिइन्।

‘रोल्पाको ५ दिने भ्रमणमा आउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पुर्व गृहमन्त्रीर प्रतिनिधिसभा सदस्य माननीय रवि लामिछाने ज्युलाई टेलिफोन मार्फत स्वागत गर्दै भ्रमण सफलताको शुभकामना दिएकी छु,’ उनले भनेकी छिन्, ‘उहाँको भ्रमणबाट रोल्पा, रोल्पाली, जिल्ला स्थित राजनीतिक दल, जनप्रतिनिधि, सबै–सबैलाई सकारात्मक सुझाव सहितको सन्देश र महत्वपूर्ण निचोड प्राप्त हुनेछ भन्ने विश्वाश सहित पुनः हार्दिक स्वागत गर्दछु।’

सर्वसाधारण र एमाले बृत्तले रविको स्वागत गरिरहँदा माओवादी घटकहरुले पनि उनलाई रोल्पा छिर्नै नदिने कोसिस गरेको खुलेको छ।

रवि रोल्पा छिरेर थवाङसम्मै पुगेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एकजना नेताको अभिव्यक्ति अहिले भाइरल भइरहेको छ।

रविलाई रोल्पा छिर्न रोक्न नसकेको भन्दै पछुताउँदै बोलिरहेका ती नेता हुन् सन्तोष सुवेदी ‘प्रयास’। उनी नेकपा माओवादी केन्द्रका नेता झक्कु सुवेदीका छोरा हुन्।

झक्कु प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमै छन् भने छोरा सन्तोष भने विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन्। पछिल्लो समय यी बाबुछोरालाई समाजवादी मोर्चाले एकै ठाउँ ल्याउने काम गरेको छ।

रवि रोल्पा पसेसँगै त्यहाँस्थित माओवादी घटकहरुबीच एक अनौपचारिक समीक्षा भएको थियो। जुन समीक्षा कार्यक्रमको भिडिओले अहिले तरंग ल्याएको छ। उक्त छलफलमा विप्लव नेतृत्वको नेकपासहित माओवादी कार्यकर्ताहरु पनि उपस्थित रहेको देख्न सकिन्छ।

जसमा उनै सन्तोष सुवेदी कम्युनिष्टहरुको केन्द्र रोल्पामा साम्राज्यवादीका मान्छे छिराउनु सानोतिनो कुरा नभएको उक्त भिडिओमा बताइरहेका छन्।

‘कम्युनिष्टहरुको केन्द्र रोल्पामा रवि जस्ता मान्छे छिराउने भनिसकेपछि सानो कुरा होइन। हेर्दाहेर्दै साम्राज्यवादीका मान्छेलाई क्रान्तिको आधार इलाका छिराइछाडे’, उनले उक्त समीक्षाका क्रममा भनेका छन्, ‘सहिद स्मृति भवनमा पनि छिराइछाडे।’

पार्टी अभियान लिएर रवि रोल्पा आउन लागेको थाहा पाएपछि आफूले रोक्ने कोसिस गरेको पनि उनले खुलाएका छन्।

‘रवि आउँदैछन् भन्ने थाहा पाएपछि म योजनावद्ध ढंगले लडैको हो, रोक्न पनि खोजेको हो। केही नयाँ प्लान पनि गरेको हो’, उनी भन्छन्, ‘रविलाई थवाङमा पनि पुर्‍याइ छाडे। अब पनि कम्युनिष्टहरु मिलेर लड्न नसके, उसलाई रोक्न नसके देश रविको हातमा जान्छ।’

सुवेदीले विप्लव जस्ता क्रान्तिकारी र स्वच्छ छविका नेता हुँदा हुँदै रवि जस्ता विवादित पात्रका पछाडि मान्छे कुदिरहेको भन्दै आश्‍चर्य प्रकट गरेका छन्।

‘सबैभन्दा क्रान्तिकारी र सरल नेता भनेको विप्लव नै हो। हामी सबै कम्युनिष्टहरु विप्लवको नेतृतवमा जाने हो भने रवि आफैं डाउन साइज भइजान्छ’, उनी अगाडि भन्छन्, ‘हामीलाई रवि चाहिएको हो कि विप्लव चाहिएको होरु स्वाधीनता चाहिएको हो कि पराधीनता चाहिएको हो। अब रविलाई रोक्ने बेला आइसकेको छ।’

सुवेदीले लामो समयदेखिको लडाइँमा टेकेर आफूहरु यो ठाउँमा पुगेको बताउँदै अब रविविरुद्ध नयाँ ढंगले लड्ने बेला भएको बताए।

‘रविकाविरुद्ध अब नयाँ ढंगले लड्नुपर्छ। हामीले नयाँ प्रयोगशालाको काम गर्नुपर्छ। मान्छेले नबुझेर भ्रमित पनि भए होलान्’, उनले भनेका छन्, ‘रविविरुद्ध लड्ने हो भने हामी कम्युनिष्टहरु मिल्नुको विकल्प छैन। रवि आएपछि हावा तालमा मानिसहरु कुद्न थाले। हामीले रविलाई होइन विप्लवलाई जसरी पनि स्थापित गर्नुपर्छ।’

अहिले रविको पछाडि मान्छे गइरहने तर कम्युनिष्टहरुतिर नआउने प्रवृत्ति बढेको पनि उनले बताएका छन्।

‘देशमा साम्राज्यवादका मानष पुत्रहरु सलबलउन थालेका छन्’, उनले भनेका छन्, ‘अब उनीहरुविरुद्ध नयाँ ढंगले नलड्ने हो भने हामीलाई गाह्रो पर्न सक्छ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group