ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट सहायक कामदार इजरायल पठाउन सरकारले गर्यो तयारी


एबीसी न्यूज
११ आश्विन २०८०, बिहिबार   १२ : ५६   बजे

काठमाडौ ११ असोज । इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार नेपालबाट पठाउन सरकारले तयारी थालेको छ ।
पहिलो चरणमा छनौट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लाग्दा दोस्रो चरणको तयारी पनि भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर बहादुर सुनुवारले जानकारी दिए।

उनका अनुसार इजरायलले दोस्रो चरणमा उल्लेख्य सङ्ख्यामा सहायक कामदारको रूपमा नेपालीहरूलाई लैजाने इच्छा देखाएको छ । पहिलो चरणको तुलनामा बढी नै सङ्ख्यामा सहायक कामदारको रूपमा नेपालीहरू लैजाने इजरायलले रुचि देखाएको छ, हामीले त्यही अनुसारको तयारी पनि गरिरहेका छौँ’ सहायक प्रवक्ता सुनुवारले भन्नुभयो ‘पहिलो चरणमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रम मन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको छ ।’इजरायल रोजगारीमा सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिकहरू जाने गरेका थिए ।

तर म्यानपावर कम्पनीले श्रमिकबाट चर्को रकम असुलेको खुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । बन्द भएको झन्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक जाने प्रक्रिया थालिएको हो । यसका लागि नेपाल र इजरायलबीच २०७७ असोज १४ गते इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबीच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भयो ।त्यसपछि २०७८ सालमा पहिलो चरणमा १६ सय जनाको नाम सिफारिस गरी नेपालले इजरायललाई पठाएको थियो ।

उनीहरूमध्येबाट ११ सय ७५ जना चिठ्ठा प्रणालीमार्फत इजरायल रोजगारीको लागि छनौट भएका थिए ।जसमध्ये एक हजार एक सय तीन जना इजरायल गएको मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले बताउनुभयो । छनौट भएका मध्ये ७२ जनाले भने इजरायल रोजगारीमा जान चाहेनन् ।दुई देशबीच भएको सम्झौता अनुसार पहिलो चरण सफलतापूर्वक सम्पन्न भयो, सबैजसो इजरायल रोजगारीमा पुगिसक्नुभएको छ, एका दुई उड्न बाँकी छन तर उनीहरूको पनि भिसा प्राप्त भइरहेको छ’ सहायक प्रवक्ता सुनुवार भन्छन ‘नेपाली श्रमिकको काम र मेहनतप्रति इजरायल सरकार खुसी छ, उसले दोस्रो चरणका लागि उल्लेख्य सङ्ख्यामा सहायक कामदारको माग गरेको छ ।’इजरायल रोजगारीमा सरकारी प्रक्रियामार्फत नै श्रमिकहरू गइरहेका छन् ।

वैदेशिक रोजगार विभागमा छुट्टै शाखाको स्थापना गरेर श्रमिकको आवेदन माग्नेदेखि परीक्षा र अन्य सबै प्रक्रिया सरकारी तवरबाटै भएको हो ।कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो ।सरकारी प्रक्रियामार्फत इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार ५ सय ४३ डलर तोकिएको छ ।सरकारी प्रक्रियामार्फत इजरायल गएकाहरूले मासिक रूपमा कम्तीमा दुई लाख रुपैयाँ कमाएको सहायक प्रवक्ता सुनुवार बताउछन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu