ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुली दुर्घटना अपडेट : गर्भवती शिक्षिकासहित १० घाइते, केही शिक्षकको अवस्था गम्भीर


एबीसी न्यूज
१२ आश्विन २०८०, शुक्रबार   १ : ३३   बजे

काठमाडौं, १२ असोज । राहत शिक्षकको काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन आउँदै गरेका शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा घाइते भएका ९ शिक्षकमध्ये केहीको अवस्था रहेको प्रहरीले जनाएको छ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(३ बोहोरेटारमा शिक्षकहरु सवार मधेश प्रदेश ०४(००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान शुक्रबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार घाइतेमध्ये कमलामाई नगरपालिका( १ घर भएका ३४ वर्षीय मुकुन्द थापाको अवस्था गम्भीर छ। उनको टाउकोमा गहिरो चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिए।

दुर्घटनामा कमलामाई( ६ घर भएका शिक्षक ४६ वर्षीय निरकुमार चालिसेका दुबै हात भाँचिएका छन् भने शरीरको विभिन्न भागमा चोट छ।

दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका( १० गर्भवती ४० वर्षीया गार्की बस्नेत पनि पनि घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी सिन्धुलीकै तीनपाटन गाउँपालिका( १० का ४० वर्षीय राजन कार्कीको दाहिने हात र बायाँ खुट्टा दुर्घटनामा भाँचिएको छ।

दुर्घटनामा सिन्धुलीको कमलामाई( ५ कि ४६ वर्षीया कमला घिमिरे, कमलामाई( १ का ४१ वर्षीय भुवन थापा, कमलामाई( ४ कि ४० वर्षीया बबिता देवकोटा, कमलामाई( ६ का ६४ वर्षीय विष्णु ढकाल, उनका छोरा ११ वर्षीय निश्चल ढकाल र सोही ठाउँका ४० वर्षीय सरोज थापा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले दिएको जानकारी अनुसार भ्यान दुर्घटनामा ९ जना शिक्षक घाइते भएका छन्। भ्यानमा चालकसहित ११ जना सवार थिए।

‘बोहोरेटारको साँघुरो टर्निङमा भ्यान सडकबाट तल खसेर दुर्घटनामा परेको छ,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘दुर्घटनाका घाइतेलाई धुलिखेलतर्फ लगिएको छ। घाइते अझै अस्पताल पुगिसकेका छैनन्।’

काठमाडौंमा जारी राहत शिक्षकको आन्दोलनमा सहभागी हुन सिन्धुली सदरमुकामबाट काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको भ्यान दुर्घटनामा परेको हो।

दुर्घटनापछि भ्यान चालक सिन्धुलीको कमलामाई नगरपालिका( ८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group