ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित समयको ३० मिनेटसम्म बैठक सुरु नभए सभापतिले स्थगित गर्नसक्ने, अर्थ समितिको कार्यविधि :


एबीसी न्यूज
१२ आश्विन २०८०, शुक्रबार   ३ : १७   बजे

काठमाडौं, १२ असोज । अर्थ समितिले समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ।  शुक्रबबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो। बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि,२०८० सर्वसहतले पारित भएको बताए। उनले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताए।

उनले बैठकको कार्यसूचिबारे ४८ घण्टाअगावै समितिका सदस्यलाई जानकारी गाराइसक्नुपर्ने व्यवस्था रहेको पनि बताए। उनले बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले बताए।

समितिका ५ भन्दा बढी बैठकमा नपाउने सदस्यहरूलाई स्पष्टिकरण सोधिने पनि उनले बताए। सांसदहरूले दिएका रायलाई समेत समेटेर कार्यविधि बनाउन सचिवालयलाई निर्देशन दिए।

समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुने लगायत विषय राखिएका छन्।

त्यस्तै, विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिबेगर बैठक नसकिउन्जेल छोडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुने लगायतका विषय राखिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group