ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले कोसी अधिवेशन : उमेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ सुरु हुने


एबीसी न्यूज
१४ आश्विन २०८०, आइतबार   ३ : ३५   बजे

काठमाडौं, १४ असोज । नेकपा एमाले कोसी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कार्यतालिकाभन्दा ढिलो गरी मतदान सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम नामावली प्रकाशन गरेको हो । मनोनयनउपर दाबी विरोध तथा फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यले नेतृत्व चयनका लागि तोकिएको कार्यतालिकाभन्दा ढिलो गरी निर्वाचन सुरु हुने बताए । उनले भने, “ढिलोमा १२ बजे मतदान सुरु गर्ने तयारी थियो ।‌ कार्यतालिकाभन्दा ढिलो सुरु हुने भयो ।”

नामावली प्रकाशन भएसँगै मतपत्र प्रकाशन गर्न पठाइएको आचार्यले सुनाए ।

कोसी एमालेमा अध्यक्षसहित पाँच पदाधिकारी चयन गर्न निर्वाचनमा ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्ष पदका उमेदवार विनोद ढकालको प्यानलमा सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् । उपसचिवमा भविश्वर गुरुङले उमेदवारी फिर्ता लिएका छन् ।‌

अध्यक्ष घनश्याम खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् ।‌

उपाध्यक्ष टिका चेम्जोङलाई दुवै प्यानलको समर्थन थियो । सो पदमा उनको मात्र उम्मेदवारी परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group