ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरीगाउँ हत्याकाण्डका आरोपीको बयानले प्रहरी हैरान– ठाउँ ठाउँमा हत्या गरेको दाबी


एबीसी न्यूज
१५ आश्विन २०८०, सोमबार   ९ : १७   बजे

काठमाडौं, १४ असोज । काठमाडौंको गैह्रीगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका २३ वर्षीय सिन्धुपाल्चोकका सञ्जय भण्डारीले अनुसन्धान अधिकृतहरुसामु कम्तीमा थप ६ जनाको हत्यामा संलग्न रहेको दाबी गरेका छन् ।
जन्मजात बोल्न नसक्ने ती आरोपीलाई प्रहरीले बहिरा संघका अधिकारी र दोभाषे अगाडि राखेर सोधपुछ गरिरहेको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘बोल्न नसक्ने भएपनि युवक निकै चलाख देखिन्छन्। अनेक कुराहरु गरेर अलमलमा पारिरहेका छन्।‘ ती अधिकारीका अनुसार सन्जयले काठमाडौं, ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको बताएका छन् ।

‘उनले एउटा घटनास्थलबारे हामीलाई भनेको कुराहरु केही मिलेको छ । त्यहाँ बुझ्दा मान्छेको हत्या भएको पनि देखिन्छ । तर मारिएका मान्छेबारे अरु केही थाहा नभएकाले पुष्टी गर्न गाह्रो छ । उनले बोलेका ठाउँमा शंका गर्ने ठाउँहरु चाहीँ छन्’, ती अधिकारी भन्छन् ।

काठमाडौंको रातोपुल र बालुवाटार क्षेत्रमा आफुले दुई जनाको हत्या गरेको सन्जयले सोधुपछका क्रममा बताएका थिए । अनुसन्धानका क्रममा ती ठाउँमा मानिस केही समय पहिला मृत भेटिएको पनि पाइएको छ । सन्जयले केहीलाई मारेर गाडेको पनि बताएका छन् । ‘पत्याउनु हुन्न भने ती ठाउँमा खनेर हेर्नुस्’, सन्जयले प्रहरीलाई भन्ने गरेका छन् । पटकपटक सनसनीपूर्ण बयान दिन थालेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरु समेत हैरान बनेका छन् ।
भण्डारीले राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केदारप्रसाद अधिकारीको उपस्थितिमा अन्यत्र पनि आफूले विभिन्न व्यक्तिको हत्या गरेको बताएको प्रहरी स्रोतले जनाएको छ ।
सुरुमा बयान दिंदा मिडियामा पढेका विषयलाई लिएर प्रहरीलाई हैरान पार्न मात्रै भनेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका थियो ।

तर जब बाहिर आउँदै नआएका केही विषयहरु पनि बताउन थाले, प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । उनको दाबीमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने प्रशस्तै आधारहरु देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

स्रोतका अनुसार, त्यसक्रममा काठमाडौं प्रहरीले केही पुराना घटनाका फाइल समेत मगाएर अनुसन्धान गरिरहेको छ । २७ जेठ २०७८ मा बौद्धमा बोह्रामा भेटिएको खुट्टा र लकडाउनमा भक्तपुरको हनुमन्ते खोलामा भेटिएको टाउको विनाको शव प्रकरणको फाइल समेत प्रहरीले मगाएको छ ।

‘उनले बौद्धको केशमा शरीरका अरु भाग खोइ भन्दा अन्यत्र फालेको थिएँ, कुकुरले खाइहाल्छ नि भनेका छन्’ अनुसन्धान अधिकृत भन्छन्, ‘भक्तपुरमा पनि त्यो विषय धेरैतिर आएको थिएन, तर उनले टाउको नभएकै भनेका छन् । त्यसैले गम्भीरतापूर्वक अनुसन्धान थालेका हौं ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पनि भण्डारीको बयानका आधारमा अरु घटनाहरुबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताउछन् । ‘बयानबाट अनुसन्धान गर्नुपर्ने केही तथ्यहरु खुलेका छन्, त्यसलाई भेरिफाइ गर्ने प्रयास गरिरहेका छौं’ उनले थपे, ‘तर प्रमाणहरु फेला नपरी केही भन्नसक्ने अवस्था छैन ।’ आरोपीत भण्डारीले भूकम्पका बेला सिन्धुपाल्चोकमा रहँदा आफूले केही महिलाको हत्या गरेको भण्डारीको दाबी छ । ‘उनले हत्या गरेको भन्दै फेहरिस्त बताएका छन्, सिन्धुपाल्चोकको हकमा भेरिफाई गर्न त्यहाँ जानुपर्ने स्थिति पनि हुनसक्छ’ अनुसन्धान संलग्न एक अधिकृत भन्छन्, ‘काठमाडौंमा पनि रातोपुल, भत्केको पुल, बालुवाटार लगायतका क्षेत्रमा पनि हत्या गरेको बताएका छन् ।’

भण्डारीको बयानका अनुसार प्रहरीले उनलाई काठमाडौंका विभिन्न ठाउँमा समेत लगेको छ । कतिपय स्थानमा अहिले घर बनिसकेको पाइएको छ । भक्तपुरको बोडेमा महिलाको हत्या गरेर खोलामा फ्याँकिदिएको उनले बयान दिएका छन् । यो घटना लकडाउनको समयको भएको उनको दाबी छ ।

कोरोना महामारीविरुद्ध सरकारले २०७७ सालमा लकडाउन घोषणा गरेको पहिलो साता गठ्ठाघर र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला किनारमा टाउको विनाको शव भेटिएको थियो । त्यसबेला शवमा खुट्टा र हातको पञ्जा पनि काटिएको थियो भने हुलिया नखुल्दा अनुसन्धान अलपत्र परेको थियो । आसपास सीसी टीभी क्यामरा पनि नहुँदा अनुसन्धान अघि बढ्न सकेको थिएन । फरेन्सिक विज्ञहरुले भने शवको प्रकृति हेरेर १७ देखि १९ वर्षको युवती हुनसक्ने आशंका गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, भक्तपुरले यो घटनामा लामो समयसम्म अनुसन्धान गरेको थियो ।

तर अनुसन्धानमा कुनै क्लू फेला परेन, बरु हराएका युवतीहरुमध्ये १०० बढी फेला परेका थिए । भण्डारीको बयानपछि प्रहरीले यो घटनाको फाइल पनि खोलेको छ । किनकि उनले टाउको विनाको शव खोलामा फ्याँकेको बताएका थिए । बौद्धमा पनि आफूले एउटा शव टुक्राटुक्रा पारेर फ्यालिदिएको उनको दाबी छ । बौद्धको टाउनप्लानिङमा २५ जेठ २०७८ मा एउटा बोराभित्र मानिसको खुट्टा भेटिएको थियो । प्रहरीले लामो समयसम्म अनुसन्धान गरे पनि यसमा कुनै ‘क्लू’ पाउन सकेको थिएन । पछि ‘तान्त्रिकले शंख बनाउनलाई आर्यघाटबाट उठाएर ल्याएको’ हुनसक्ने भन्दै अनुसन्धान बन्द भएको थियो ।

तीनकुने घटनामा पक्राउ परेका भण्डारीले भने त्यो खुट्टा पनि आफूले राखेको दाबी गर्दै बयान मात्र दिएनन्, सीसीटीभी फुटेज हेर्न प्रहरीलाई चुनौती दिएका छन् । भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले पहिलेको अनुसन्धान टोलीले राखेको सीसीटीभीको ‘हार्ड डिस्क’ मगाएको थियो । ‘त्यसमा तीन जना व्यक्ति देखिएका थिए, त्योमध्ये एक जना मै हुँ भन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘तर फुटेज राम्रोसँग बुझिने खालको छैन ।’

प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेर समेत हत्या गरेको स्थान देखाउन लगाउने तयारी गरेको छ । ‘तर त्यहाँ गएको बेला भाग्छ कि भन्ने डर हो’ अनुसन्धान अधिकृतहरु भन्छन्, ‘हरेक पटक प्रहरीलाई चुनौती दिने गरेकाले संवदनशील हुनुपर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group