ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो वर्ष पनि लम्बियो मनसुन, दशैँसम्मै पानी पर्ने सम्भावना कस्तो


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   १ : ४२   बजे

काठमाडौं, १६ असोज ।   नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए। तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले सोमवार जारी गरेको तीन दिनको बुलेटिनमा नेपालभरि हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्स् थप केही दिन मनसुन लम्बिने देखिन्छ। झरी लगातार त पर्दैन तर मनसुन पनि सकिँदैन।

मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहारनजिकै आइपुग्दा त्यस्तो असर देखा परेको हो।

त्यसको असर खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाका रूपमा देखा परेको छ।

मौसमविद्हरूले यस मौसमी प्रणालीको अन्त्यसँगै यस वर्षको मनसुन समेत सकिने आफूहरूले अनुमान गरेको बताउँछन्।

पछिल्ला केही वर्षमा नेपालमा मनसुन सुरु र अन्त्य दुवै ढिलो हुने प्रवृत्ति देखा परेको बताइन्छ।  पछिल्लो एक दशककै विवरण केलाउने हो भने पनि मनसुन अक्टोबर २ पछि मात्र बाहिरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu