ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘फ्युचर पोलिसी अवार्ड’ बाट सम्मानित


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   २ : ०५   बजे

काठमाडौं, १६ असोज । मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सा सम्बन्धी नीति तर्जुमा गरे बापत नेपाल ‘फ्युचर पोलिसी अवार्ड २०२३’ बाट सम्मानित भएको छ।

नेपाललाई डेन्टल अमल्गम विधा अन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति का लागि यो पुस्कार प्रदान गरिएको हो। १५ वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराउने महिलामा मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रयोगमा तत्काल प्रतिबन्ध लगाउने र पाँच वर्षभित्र अन्य सबै उमेर समूहका मानिसमा पनि डेन्टल अमल्गम प्रयोगमा पूर्णतयाः प्रतिबन्ध लगाइने लक्ष्य राखेको यो एशियाकै पहिलो नीति हो।

नेपालमा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सम्बन्धी नीति २०७६ साल भदौ ४ गते मन्त्रिस्तरीय निर्णयले पारित गरेको थियो।

यस्तै, यस वर्ष खेलौना सम्बन्धी नीतिमा भियतनाम, कस्मेटिक सम्बन्धी नीतिमा रुवान्डा र प्याकेजिङ वस्तु सम्बन्धी नीतिका लागि डेनमार्कलाई पनि पुरस्कृत गरिएको छ।

जर्मनीको बोन शहरमा हालै सम्पन्न केमिकल व्यवस्थापन सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले सो पुरस्कार ग्रहण गरेका थिए। सम्मेलनमा नेपालले वैकल्पिक मर्करीमुक्त डेन्टल फिलिङको प्रयोग अपनाएर मर्करी प्रदूषणको जोखिमलाई उल्लेखनीय रूपमा कम गरेकामा प्रशंसा गरिएको थियो।

सो नीतिपछि मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने प्रयासहरू डिजिटल थर्मोमिटर, डिजिटल वा एनरोइड स्फिग्मोमानोमिटर र मर्करीमुक्त दन्त फिलिङहरू जस्तैः जीआईसी, कम्पोमर र कम्पोजिट फिलिङ जस्ता सुरक्षित विकल्पहरू प्रयोग भइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र सिफेड का कार्यकारी निर्देशक रामचरित्र साहले बताए।

मर्करीले बालबालिका, गर्भवती र स्तनपान गराउने महिलाहरूमा धेरै नकारात्मक प्रभाव पार्दछ। डेन्टल अमल्गम तयार गर्न अन्य धातुको मिश्रणमा मर्करी मिसाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group