ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगञ्जमा निकालियो सद्भाव र्‍याली :


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   २ : ५९   बजे

काठमाडौं, १६ असोज ।  सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगञ्जमा मंगलबार बृहत् सद्भाव र्‍याली निकालिएको छ । सोमबार बसेको सर्वदलीय बैठकको निणर्यअनुसार धार्मिक सहिष्णुता कायम गर्न बृहत् सद्भाव र्‍याली निकालिएको हो ।

सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूसहित नेपालगञ्जमा सद्भाव र्‍याली निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपालगञ्जको बीपी चोकबाट सद्भाव र्‍याली निकालिएको हो । र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लाबासीमा अपिल गरेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरुले स्टाटस पोस्ट गरेको विषयमा बादबिबाद भएपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाइएको थियो ।

कुनै पनि व्यक्ति, संघसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने कानुनविपरीतका कुनै पनि गतिविधि नगर्न स्थानीय प्रशासनले अपिल गरेको छ ।

कोही कसैबाट कानुनविपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group