ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्द्रजात्रा हेर्न आएका युवकको हत्या, आरोपी ललितपुरबाट पक्राउ:


एबीसी न्यूज
१६ आश्विन २०८०, मंगलबार   ३ : १०   बजे

काठमाडौं, १६ असोज ।  सोमबार राति इन्द्रजात्रा हेर्न आएका युवकको हत्याका मुख्य आरोपीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। गोदाबारी नगरपालिका ५ ललितपुरका अरविन ठकुरलाई पाटन क्याम्पस नजिकैबाट प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो।

ओखलढुंगाको लिखु गाउँपालिका ४ घर भई हाल क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको सोमबार राति हत्या भएको थियो।

सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि एक महिला र एक पुरुषलाई पक्राउ गरेको भएपनि उनीहरुको संलग्नता पुष्टि भइनसकेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। परिसर स्रोतका अनुसार ठकुरीले भने चक्कू प्रहार गरेका थिए।

भैरवको पसलमा रक्सी खाने विषयमा उनीहरुबीच झगडा भएको र पछि सोही विषयलाई लिएर कार्कीमाथि धारिलो हतियार प्रहार भएको अभियुक्तले प्रहरी समक्ष बताएका छन्।

राति साढे ११ बजे धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो। ट्रमासेन्टरबाट त्रिवि शिक्षण अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group