ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो बन्यो एमाले गण्डकीमा शंकर र पृथ्वीसुब्बा प्यानल


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   १ : २६   बजे

काठमाडौं, १७ असोज । गण्डकीमा सहमतिको प्रयास सम्भव नदेखिएपछि महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै प्यानल तय भएका छन् ।

गण्डकीमा उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा समूहबाट एउटा प्यानल र महासचिव शंकर पोखरेल र खगराज अधिकारी समूहबाट अर्को प्यानलबीच चुनाव हुने पक्काजस्तै भएसकेको छ र यो निर्वाचनलाई नेताहरुको प्रतिष्ठा तथा सफलता, असफलतासँग जोडेर हेरिएको छ ।

शंकर पोखरेलले च्यापेका स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबाट मंगलबार राति नै प्यानलको टुंगो लागिसकेको थियो भने उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहबाट बुधबार बिहान प्यानलकै टुंगो लगाएको हो ।

गण्डकीमा पहिलेदेखि नै पृथ्वीसुब्बा र खगराज प्यानलका रुपमा कडा प्रतिस्पर्धा हुँदै आएको थियो । यसपटक अन्य प्रदेशमा भइरहेका चुनावी लहरजस्तै महासचिव पोखरेलले खगराज समूहलाई च्यापेका छन् ।

पोखरेल गत स्थानीय, प्रदेश र प्रतिनिधि सभाको टिकट वितरणदेखि नै हाबी हुँदै आएका छन् ।

शंकर समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्ष, उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिव म्याग्दीमा सन्तोष रावल र कास्कीकी मीना गुरुङलाई उम्मेदवार बनाउने पक्का भइसकेको छ ।

पृथ्वीसुब्बा समूहबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।

लेखा आयोग अध्यक्ष नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्ष गोरखाका गिरिधारी सापकोटाको टुंगो लागेको पृथ्वीसुब्बाका स्वकीय सचिव विक्रम न्यौपानेले जानकारी दिए ।

नेताहरुले सुरुदेखि नै सहमतिको मन्त्र जपेको भए पनि आआफ्नै पक्षका नेता गुटलाई च्याप्दा मतदान हुने पक्का भएको हो ।

गण्डकीमा पूर्व माले तथा सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङले तेस्रो धारको अभ्यास गरेका छन् । उनीको कुन कित्तामा उभिन्छन् भन्ने कुराले पनि एमालेको राजनीतिमा अर्थ राख्ने नेताहरुले बताएका छन् ।

सुरुमा केन्द्रीय सदस्यहरु अध्यक्षको आकांक्षी बन्दै प्रतिनिधि बन्न लागे पनि अहिले नवराज र मायानाथको पक्षमा बाँडिएका छन् ।

मतदान प्रक्रिया आजैदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group