ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी सचिव आचार्य अस्वस्थ, चल्न छाड्यो शरीरको दाहिने पाटो


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   १ : ३६   बजे

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्र का सचिव डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन्।

माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका उनी तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अस्वस्थ भएका हुन्।

अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक अस्वस्थ भएपछि उनलाई स्थानीय बयलपाटा अस्पतालमा उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।

‘प्यारालाइसिस जस्तो समस्या देखियो, कार्यक्रममा सहभागी हुन जाँदा बोल्न सक्नु भएन, एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज लगिएको छ,’ उनले भने।

जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानुअन्तर्गत माओवादी नेता खगराज भट्ट र सुदूरपश्चिम इन्चार्ज आचार्य जिल्ला जिल्लामा व्यस्त थिए।

अभियान सुरु भएकोा महिना दिनबढी भएकाले उनीहरु जिल्ला जिल्ला पुगेर अभियानको आवधिक समीक्षा गर्दैथिए।

अछामको रामारोशनमा माओवादीको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको आवधिक समीक्षा कार्यक्रम राखिएको थियो।

अस्वस्थ रहेका आचार्य बोल्न सक्दैनन् भने उनको शरीरको दाहिने भाग नचल्ने भएको छ।

अहिले उनको नेपालगञ्जमा उपचार भइरहेको माओवादी स्थायी समिति सदस्य खगराज भट्टले बताए। तर त्यहाँबाट पनि आचार्यलाई तत्काल काठमाडौं लैजान डाक्टरहरुले सुझाएको भट्टले बताए।

बुधबार बिहान ६ बजे एक्कासि बोली बन्द भएर शरीरको दाहिने भाग नचलेपछि बयलपाटा अस्पतालमा सामान्य उपचार गरेर सेनाको हेलिकोप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको हो।

त्यहाँका पनि डाक्टरले तत्काल उपचार सम्भव नभएको बताएकाले उनलाई काठमाडौं पठाउने तयारी भइरहेको नेता भट्टले बताए। अर्घाखाँचीका स्थायी बासिन्दा आचार्यलाई अहिले काठमाडौं ल्याउन लागिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group