ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगराजविरुद्ध पृथ्वीसुब्बासँगै छन् पद्‍मा र किरण, एमाले गण्डकी अधिवेशन:


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   १ : ४६   बजे

काठमाडौं, १७ असोज । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रतिष्ठाको लडाइँको विषय बनेको छ । सहमतिमा नेतृत्व चयन नहुने भएपछि गण्डकीमा प्यानल नै बनेको छ ।

अहिले उमेदवारी मनोयन चलिरहेको छ । पानी परेका कारण पनि उमेदवारी मनोनयमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उपमहासचिव गुरुङको तर्फबाट म्याग्दीका नवराज शर्मा अध्यक्षको उमेदवार छन् । उनी प्रदेशको यसअघिका अध्यक्ष हुन् ।

अधिकारीले म्याग्दीका मायानाथ अधिकारीलाई अघि सारका छन् । अधिकारी केन्द्रीय सदस्य हुन् । अधिकारीले अघि सारेका केन्द्रीय सदस्य मायानाथ अधिकारीको पक्षमा बहुमत जुटाउन पार्टीका महासचिव शंकर पोखरेल क्रियाशील भए ।

पोखरेलले पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङलाई आफ्नो कित्तामा पार्ने प्रत्यत्न गरेको नेताहरु बताउँछन् । तर, उनीहरुको प्रयास असफल भएको छ ।

“पीएस गुरुङको पक्षमा उभिँदै आएका किरण गुरुङ र पद्मा अर्याल उहाँसँगै हुनुहुन्छ । विपक्षीले प्रचारबाजी गरेका हुन् । उहाँहरुको पुरानै सहकार्य टुटेको छैन,” गुरुङनिकट एक नेताले दाबी गरे ।

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्ष स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिव लमजुङका धनञ्जय दवाडी, उपसचिव पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर विकलाई उमेदवार बनेका छन् ।

अधिकारीले उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ छन् । गण्डकीमा उपमहासचिव गुरुङ र अधिकारीबीच प्रतिष्ठाको लडाइँ हँुदै आएको छ । यसपटक पनि त्यस्तै देखिएको छ ।

“गण्डकीमा गुरुङ एक्लै हुँदा पनि उनको पक्षले चुनाव जित्न गाह्रो छैन । पहिलेका नेताहरु एकैठाउँ हुँदा उहाँलाई अफ्ठ्यारो छैन,” एक नेताको जिकिर छ ।

गण्डकी अधिवेशनको उद्घाटन असोज १५ गते भएको थियो । उद्घाटनमा महासचिव शंकर पोखरेल पुगेका थिए । उद्घाटनमा नपुगेका अध्यक्ष केपी शर्मा ओली दुई नेताको प्रतिस्पर्धामा मौनजस्तै देखिएका छन् । अहिलेसम्म उनी कतै नखुलेको नेताहरु बताउँछन् ।

सहमतिको प्रयत्न असफल भएपछि अब निर्वाचन हुन लागेको हो । “सहमतिको सम्भावना अब सकियो । निर्वाचन नै हुन्छ,” ती नेता भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group