ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ १३ मा लागेको दुईवटा प्याकेजको ठेक्का रोकियो, फास्ट ट्रयाक:


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   १ : ५२   बजे

काठमाडौं, १७ असोज । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रूतमार्ग फास्ट ट्रयाक अन्गर्तको दुई सहायक ठेक्का रोकिएको छ।

भदौ १३ मा लागेको ठेक्का रोकिएको हो। त्यसबेला फास्ट ट्रयाकको तीन प्याकेजको ठेक्का लागेको थियो।

तीन प्याकेजको टेन्डर खोलेर निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको थियो। जसमा ८ ए, ९ ए र ९ बी प्याकेजको टेन्डर खोलिएको थियो। त्यसमा दुईवटा प्याकेजको ठेक्का रोकिएको छ। ८ ए र ९ बी प्याकेजको ठेक्का रोकिएको हो।

यी प्याकेजको ठेक्का पनि पहिले रोकिएपछि लगाइएको थियो। आयोजनाका अनुसार यी तीन प्याकेजको पहिलो पटकको ठेक्का रद्द गरेर पुनःटेन्डर गरिएको थियो।

आयोजनाका अनुसार सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी परेपछि ठेकका रोकिएको हो। कालिका कन्ट्रक्सन कम्पनीले उजुरी गरेपछि टेक्का रोकिएको हो। त्यसको जानाकारी आयोजनाल दिइसकेको छ।

‘आयोजना प्रमुखको कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिबाट जारी खरिद प्रक्रियालाई अर्को सूचना नआएसम्म अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको पत्र प्राप्त गरेको जानकारी गराइन्छ’, पत्रमा भनिएको छ।

संघीय राजधानी काठमाडौंबाट तराई–मधेशसँग सबैभन्दा छोटो दूरीबाट जोड्ने यस सडक आयोजना ४ लेनको हुनेछ। यसको दूरी ७२ दशमलव ५ किलोमिटर छ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्माण हुने गरी सरकारले २०७४ वैशाख २१ गतेको निर्णयबाट यो आयोजना नेपाली सेनालाई दिएको थियो। यसको लागत अनुमान २ खर्ब १३ अर्ब ९५ करोड छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group