ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाणिज्य विभाग, चिनी उद्योगसँग १९ हजार मेट्रिक टन चिनी मौज्दात भेटियो :


एबीसी न्यूज
१७ आश्विन २०८०, बुधबार   ४ : ४०   बजे

काठमाडौं, १७ असोज । बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल ९१८ हजार ८ सय १३ टन. चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ ।

चिनी कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल, जुस तथा कन्फेक्सनरी उत्पादन गर्ने डाबर नेपाल, पेप्सी र स्लाइस उत्पादन गर्ने बरुण बेभरेज र बिस्कुट उत्पादन गर्ने उद्योगले किनेर राखेको जानकारी उद्योगहरुले दाबी गरेका छन् । बजारमा चिनीको चरम अभाव भएपछि उत्पादन र बजार अवस्थाबारे अध्ययन गर्न विभागले एक समिति गठन गरेको थियो ।

विभाग स्रोतका अनुसार एभेरेष्ट, इन्दुशंकर र हिमालय सुगर मिलसँग सो परिमाणको चिनी फेला परेको हो । ‘आफूलाई चाहिने उच्च गुणस्तरको चिनी पहिले नै रकम भुक्तानी गरी पेय पदार्थ उत्पादन गर्ने उद्योग किनेको र चिनी उद्योगमै मौज्दात राखेको जानकारी पाइएको छ । तर, त्यो चिनी ति उद्योगमा नलगी सकेको जानकारी उद्योगहरुले दिएका छन्,’ स्रोतले भन्यो ।

विभागका अनुसार उद्योगलाई तत्काल चिनी नचाहिएको खण्डमा बजारमा पठाउन सकिने विकल्पका बारेमा अहिले छलफल भइरहेको छ ।

नेपाल चिनी उद्योग संघका अध्यक्ष तथा एभरेष्ट सुगर मिलका सञ्चालक शशीकान्त अग्रवालले आफूहरुसँग कोकाकोला कम्पनीले किनिसकेको ८–१० हजार मेट्रिक टन चिनीको मौज्दात रहेको दाबी गरे ।

‘कोकाकोलालाई उच्च गुणस्तरको चिनी चाहिने भएकाले सिजनको सुरुमै उसलाई चाहिने परिमाणको चिनी अर्डर गर्छ, त्यसबापत बैंक ग्यारेन्टीमार्फत भुक्तानी गरेको हुन्छ,’ उनले भने, ‘यो विषयमा हामीले वाणिज्य विभागलाई पनि जानकारी गराएका छौं ।’

विभागले नै कोकोकोलासँग कुरा गरेर चिनी बजारमा पठाउनेबारे छलफल गर्ने बताएको जानकारी पनि उनले दिए ।

सरकारले भारतसँग जीटूजी सरकार–सरकारमा खरिद गर्ने भनेको ५० हजार टन चिनी आएपछि उद्योगलाई दिनेगरी बजारको मागका लागि उद्योगको चिनी पठाउन सकिने विकल्पमा छलफल चलाएको विभाग स्रोतले बतायो ।

असार अन्तिम होलसेलमा ८० रुपैयाँ र खुद्रामा ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको चिनीको मूल्य मूख्य चाडपर्व सुरु भएसँगै ह्वात्तै बढाइएको थियो । अहिले खुद्रा बजारमा चिनी प्रतिकिलो १५० रुपैयाँसम्ममा बिक्री गरिरहेको पाइएको छ । पछिल्लो डेढ महिनायता चिनीको मूल्य प्रतिकिलो ५५ रुपैयाँले वृद्धि भएको हो ।

होलसेल तथा खुद्रा व्यापारीहरुकाअनुसार चिनीका वितरकहरुले १२५ रुपैयँसम्म विना बिल चिनी बिक्री गरिरहेका छन् । ‘बिल माग्दा चिनी नपाइने गरेको भन्दै यसमा केही न केही बदमासी रहेको देखिन्छ,’ एक होलसेल व्यवसायीले भने, ‘चिनी नबेचौं भने ग्राहक आउँदैनन् । बेचौं वितरकले बिलबिना नै लैजाऊ भन्छन् । हामी समस्यामा परेका छौं ।’

वाणिज्य मन्त्रालयले भने भारतबाट जीटूजीको चिनी ल्याउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सरकारले कूटनीतिक च्यानलबाट प्रयास गरिरहेको प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरले बताए । ‘चिनी अभाव भएकै हो, आयातका लागि सरकारले कुटनीतिक प्रयास गरिरहेको छ,’ उनले भने । हाल काठमाडौ‌ं र पोखरा आसपासका क्षेत्रमा चिनी अभाव भएको उनले बताए । ‘१५ हजार मेट्रिक टन थप चिनी भयो भने अहिलेको माग धान्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group