ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रपुरलाई स्मार्ट सिटी निर्माण गर्ने अभियान


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   ८ : ५१   बजे

रौतहट,१८ असोज । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको रुपमा विकसित हुँदै गईरहेको छ । चन्द्रपुरको चौतर्फी विकासका लागि बिभिन्न आयोजनाहरु सम्पन्न भइसकेका छन् भने कतिपय महत्वपुर्ण आयोजनाहरु सम्पन्न हुने क्रममा रहेको छ ।

चन्द्रपुरकै १ युवा स्मार्ट चन्द्रपुर निर्माण गर्ने अभियानमा जुटेका छन् । चन्द्रपुर नगरपालिका वडा नं–९ निवासी युवा नेता बालकृष्ण सापकोटा अहिले बिभिन्न बिकासे काम सम्पन्न गराउँने कारणले चर्चामा आएका छन् । संघीय सरकारको बिभिन्न मन्त्रालयमा पहुँच भएका सापकोटा संघीय बजेट मार्फत चन्द्रपुरलाई स्मार्ट सिटी निर्माण गर्ने अभियानमा जुटेका हुन् ।

चन्द्रपुर निवासी सरोजकुमार बछारले स्मार्ट चन्द्रपुर निर्माणका लागि बालकृष्ण सापकोटा अहोरात्र खटने गरेको बताए । काठमाडौंबाट बिभिन्न मन्त्रालयबाट प्रभावकारी दखल राख्ने उनी बजेट ल्याएर यहाँको बिकास निर्माण गर्न उनी सधै जनताका बीचमा रहने गरेको बछारले बताए । ‘चन्द्रपुरलाई कसरी स्मार्ट सिटीको रुपमा बिकास गर्न सकिन्छ भन्ने सधै सोचिरहने बालकृष्ण सापकोटा सधै जनताका बीचमा पुगेर उनीहरुको समस्या सुन्ने र आवश्यक्ता अनुसार बिकास निर्माणका कार्यलाई सम्पन्न गर्न बिभिन्न मन्त्रालयमा पुगेर बजेट ल्याउँने गर्नुले अहिले चन्द्रपुरमा चौतर्फी बिकास भईरहेको छ’ बछारले भने ।

२०७४ सालमा शहरी बिकास मन्त्री रहेका प्रभु साहका स्वकीय सचिवको भुमिकामा रहेका सापकोटाले त्यही बेला घोषणा भएको देशभरीका १२ वटा स्मार्ट सिटी मध्ये चन्द्रपुरलाई पनि समाबेश गराइएको थियो । चन्द्रपुर नगरपालिका ९ को सिन्दुरेघारीदेखि बस्तिपुर जाने बाटो सडक स्तरोन्नति २५ सय मिटर र १ सय ५० मिटर सडक ढलान सम्पन्न गराउँने काम सापकोटाकै पहलमा भएको स्थानीय धर्मबहादुर भुजेलले बताए । शहरी बिकास मन्त्रालयको सहयोगमा यहाँ यस्ता धेरै काम भएको भुजेलले बताए ।

‘चन्द्रपुर नगरपालिका ९ को सुर्य कार्कीको घरदेखि राइको घर हुदै तिन नं। बिष्णु राइको घर सम्म सडक ७ सय ५० मिटर सडक ढलान सम्पन्न भएको छ । चन्द्रपुर नपा ९ प्रगतिटोल गाउमा दुवै तिर ६ सय ५० मिटर नाला निर्माण सम्पन्न भएको, चन्द्रपुर नपा ८ मरधर गाउँमा सडक ९ सय ५० मिटर ढलान निर्माण सम्पन्न भएको, चन्द्रपुर नपा ८ बनरझुल्ला गाउको सडक ३ सय ५० मिटर ढलान निर्माण सम्पन्न भएको छ’ स्थायी कृष्ण लिम्बुले भने । यसैगरी बागमती सिँचाई आयोजनाबाट मोतिपुर डाडावारीमा ३ सय मिटर लाइनिङ निर्माण सम्पन्न भएको, भुमिगत जलस्रोत बिकास समिति बीरगंजबाट स्यालो ट्युवेल जडान कार्य वडा नं। ५ राजपैडा, वडा नं। ८ मरधर गाउँमा र सिन्दुरेघारी र प्रगतिटोलमा जडान कार्य सम्पन्न भएको छ । नदि नियन्त्रण चाँदी खोलामा टतवन्ध कार्य सम्पन्न भएको स्थायी राजन पटेलले बताए । यसैगरी गैरी खोला नदि नियन्त्रण चाँदी खोलामा टतवन्ध चन्द्रपुर नपा ८ सम्पन्न भएको छ भने, जोगि खोला नदि नियन्त्रण टतवन्ध चन्द्रपुर नपा १ को कार्य सम्पन्न भएको, पौराइ गाउँमा २ वटा स्यालो ट्युवेल जडान कार्य सम्पन्न छ ।

यस्तै सामुदायिक भवन निर्माण कार्य चन्द्रपुर नपा ९ मा भएको छ । मेनुका सिमसार प्रा।विको भवन निर्माण कार्य सम्पन्न भएको छ । यस्तै चन्द्रपुर नपा १ पौराइ खोला पौराइ–मंगलपुर बीच पुल निर्माणको लागि डिपिआर तयार भइ ठेक्का प्रकृया यसै आ।व मा ठेक्का सम्झौता बताइएको छ । चन्द्रपुर नगरपालिका वडा नं–८ बसन्तपुर आप खोलामा पुल निर्माणको लागि डिपिआर तयार भइ ठेक्का प्रकृया यसै आ।व मा ठेक्का सम्झौता हुने भएपछि स्थानिय खुशी भएका छन् । चन्द्रपुर १ ब्रह्मस्थानमा मन्दिर अधुरो धर्मशाला र मन्दिर संरक्षणका लागि पनि काम सम्पन्न भएको स्थानिय रुपेस पण्डितले बताए । यसैगरी शहरी बिकास मन्त्रालयबाट चन्द्रपुर ८ स्थित कृष्ण प्रणामी मन्दिर र वडा नं। ६ मा रहेको कृष्ण प्रणामी मन्दिर शान्तिगरमा मन्दिर भवन ठेक्का लागि भवन निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ । यो कार्यमा समेत सापकोटाका महत्वपुर्ण भुमिका रहेको स्थानीय राजकुमार बजगाईले बताए । यि बिभिन्न आयोजनाहरु सम्पन्न गर्नका लागि बालकृष्ण सापकोटाले महत्वपुर्ण सहयोग एवम् योगदान गर्दै आएका कारण उनको चर्चा चन्द्रपुरमा मात्रै नभई जिल्लाभरी हुने गरेको रौतहट कटहरियाका दिपक कुमार दुबेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीको बाढीले छुटायो परिवार, उद्धवलाई सधैँका लागि खोस्यो

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu