काठमाडौ १९ असोज । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले नेपालको संविधानले राजा नचिन्ने बताउँदै राजेन्द्र लिङदेनले राजा शब्द प्रयोग गरेकोले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले रेकर्डबाट हटाउन माग गरे ।
उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’







प्रतिक्रिया दिनुहोस्