ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलबीचको युद्ध नरोकिँदा, गाजापट्टीमा घाइते अवस्थामा रहेका नेपालीको उद्धारमा कठिनाइ भएको छ ।


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १२ : ४८   बजे

काठमाडौं, २१ असोज ।  प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायलबीचको युद्ध नरोकिँदा गाजापट्टीमा घाइते अवस्थामा रहेका नेपालीको उद्धारमा कठिनाइ भएको छ ।

हमास र इजरायली सेनाबीच गोली हानाहानको अवस्था रहेकोले त्यहाँ रहेका घाइते नेपालीको उद्धार गर्न नसकिएको हो ।

“अहिले हामी जान सक्ने अवस्थामा छैनौँ । सकेसम्म नेपालीको सूचना संकलन गर्ने कार्य गरिरहेका छौँ,” इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले  भने, “इजरायली सेनाले उक्त स्थानलाई नियन्त्रणमा लिइसकेको छैन । नियन्त्रणमा लिएपछि उद्धारसम्बन्धी कार्य अघि अढ्छ ।”

हमासले शनिबार एक्कासी इजरायलमाथि आक्रमण सुरु गरेको थियो । हमासले हजारौं रकेट इजरायली भूमिमा प्रहार गरेको थियो ।

गाजाँपट्टीमा हमासको आक्रमणमा १७ जना नेपाली परेका थिए । उनीहरूमध्ये ९ जना घाइते भएका थिए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय केही मिडियाहरूका अनुसार १७ जना नेपालीलाई हमासले केही समय आफूसँगै राखेको र पछि छोडिदिएका थिए । दुई पक्षबीच युद्ध नरोकिँदा अहिले ती नेपालीहरूको उद्धार गर्न सकिएको छैन ।

हमास र इजरायली सेनाबीच गोलाबारी चलिरहेका कारण गाजापट्टीमा जान सक्ने अवस्था छैन । गाजापट्टीमा कति जना नेपाली छन् र कस्तो अवस्थामा छन् भन्ने पनि केही खुलेको छैन ।

युद्ध चलिरहेको क्षेत्रमा अधिकांश मानिस बंकर भित्र बसेको र बंकरमा बस्दा मोबाइलले काम नगरेका कारण पनि धेरैसँग सम्पर्क हुन नसकेको भनाइ नेपाली दूतावासको छ ।

युद्धग्रस्त क्षेत्रमा रहका नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक कदम चाल्न नेपाली दूतावासले इजरायलको विदेश मन्त्रालयलाई भनिसकेको छ ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको उद्धार कार्य आइतबार हुनसक्ने बताएका छन् ।

“एनआरएनए एनसीसी इजरायलले दक्षिणी भाग युद्ध प्रभावित क्षेत्र जहाँ हिजो (शनिबार) हाम्रा विद्यार्थी भाइहरूले क्षति व्यहोर्नु परेको छ त्यस क्षेत्रमा बसोवास गरिरहेका नेपालीहरूलाई यथासक्य सुरक्षित क्षेत्रतिर सार्न विशेष पहल गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई दबाब सृजना गरिरहेका छौँ । सम्भवत आज (आइतबार) बिहानैदेखि त्यसको सुरुवात हुनेमा विश्वस्त छु,” उनले फेसबुकमा लेखेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासको आक्रमणमा परी २५० जना इजरायली नगारिकको मृत्यु भएको छ । एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।

हमासले शनिबार बिहान अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो । हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो ।

रकेट आक्रमणसँगै हमासका लडाकूहरू हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।

हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन ।

इजरायलले गरेको जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार हाल इजरायलमा चार हजारदेखि पाँच हजारसम्म नेपाली रहेको अनुमान छ । इजरायल जाने अधिकांश नेपाली त्यहाँ केयर टेकरको रुपमा काम गर्ने गर्छन् ।

नेपाली दूतावासका अनुसार इजरायलमा पढ्न जाने नेपालीको संख्या सानो छ । नेपाली विद्यार्थी कृषि विषयमा ११ महिने इन्टर्नसिपको लागि इजरायल जाने गर्छन् । इजरायलका दुई वटा विश्वविद्यालयले करिव एक/एक सय विद्यार्थीलाई ११ महिने इन्टर्नसिप गराउने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group