ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्राहकको अनुमतिबिना, खाताबाट रकम असुल्दै कुमारी बैंक :


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १ : २१   बजे

काठमाडौं, २१ असोज । कुमारी बैंकले खातावाल ग्राहक को खाताबाट विभिन्न सेवा नवीकरणको बहानामा शुल्क असुल्ने गरेको पाइएको छ।

ग्राहकको अनुमतिबिना बैंकले विभिन्न सेवा नवीकरणको बहाना देखाएर शुल्क असुल्ने गरेको पाइएको हो।

ग्राहकको अनुमतिबिना बैंकले एटीमएम कार्ड नवीकरण गर्ने र वार्षिक शुल्क लिने गरेको छ। खातावालले पहिलो पटक एटीएम कार्डको प्रयोग गर्दा ३ देखि ५ वर्षको समयावधि हुन्छ। सो अवधिका लागि ग्राहकले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने हुन्छ।

दोस्रो चरणको एटीएम नवीकरणको लागि ग्राहकले बैंकमा गएर नवीकरण फाराम भरेपछि मात्रै प्रक्रिया अगाडि बढ्नुपर्ने हो। तर, कुमारी बैंकले ग्राहकको अनुमति बिना नै नवीकरण गरिरहेको छ।

बैंकले आफूहरूको अनुमतिबिना नै भटाभट एटीएम नवीकरण गरेर शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।

यस सम्बन्धमा कुमारी बैंकका सूचना अधिकारी विकास खनालसँग बुझ्दा उनी बैंकको रणनीति अनुसार नै कार्ड नवीकरण भइरहेको बताउँछन्। कार्ड नवीकरण नहुँदा नेपाल राष्ट्र बैंकले प्रश्न गर्ने हुँदा यसलाई अनिवार्य गरिएको उनले दाबी गरे।

यता, नेपाल राष्ट्र बैंकले भने ग्राहकको अनुमति लिएर मात्र एटीएम नवीकरण गराउनुपर्ने बताएको छ।

‘प्रयोग गरिरहेको कुरा नवीकरण हुनु राम्रो हो तर, सबैलाई एटीएम लिनुपर्छ भन्ने हुँदैन,’ राष्ट्र बैंकका सहप्रवक्ता डा।डिल्लीराम पोखरेलले  भने, ‘ग्राहकको अनुमतिबिना नवीकरण गर्नु हुँदैन।’

‘ग्राहकले आवश्यक परे नवीकरण गर्न जान्छन्, आवश्यक नलागेको सेवा अनिवार्य नवीकरण गर्नुपर्छ भन्ने हुँदैन,’ पोखेरलको कथन छ।

कुमारीले तीन–तीन वर्षमा नवीकरण गर्नुपर्ने एटीएमको अवधि पाँच वर्ष पुर्‍याएको छ। त्यसमा पनि अनुमति वेगर नवीकरण गरी सेवा शुल्क बढाएर आफूहरूमाथि अन्याय गरेको ग्राहकहरू बताउँछन्।

‘मलाई एटीएम लिनुपर्ने जरुरी नै छैन। प्रायः सबै कारोबार अनलाइनबाट गर्छु,’ एक ग्राहकले भने, ‘अर्को बैंकको एटीएम पनि छ। डिजिटलाइजेसनको समय छ। धेरै एटीएम किन लिने भन्ने लागेर कुमारीको एटीएम नलिने सोचेको थिएँ।’

तर, एटीएम नवीकरण नगर्ने सोच बनाएकोमा बैंकले आफूखुशी पाँच वर्षका लागि वार्षिक पाँच सय रुपैयाँ शुल्क काट्नेगरी एटीएम नवीकरण गरिदिएको उनले गुनासो गरे।

‘बैंकले पाँच वर्षको लागि नवीकरण गरिएको भन्दै शुल्क काट्यो’ उनले भने, ‘यो वर्षको ५०० रुपैयाँ लिइसक्यो। अब वार्षिक रूपमा ५०० रुपैयाँ काटिने भनेको छ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group