ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–प्यालेस्टाइन विवादको इतिहास के हो ? हमास कसरी जन्मियो ?


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   ३ : ३७   बजे

काठमाडौं, २१ असोज । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार बिहान इजरायलमा गरेको आक्रमणमा परी २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । केही नेपाली समेत घाइते भएका ठूलो रकेट आक्रमणपछि इजरायलले हमासविरुद्ध जवाफी कारबाही गरिरहेको छ ।

इजरायली आक्रमण परी २३० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको बताइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजालाई ‘उजाड’ भूमिमा परिणत गरिने भन्दै कडा प्रत्याक्रमणको चेतावनी दिएका छन् ।

हमास र इजरायली सेनाबीचको यो पछिल्लो द्वन्द्वले ठूलो रूप लिन सक्ने विश्व समुदायमा चिन्ता बढाएको छ ।

यसअघि, सन् २०२२ अगस्टमा तीन दिन चलेको द्वन्द्वमा ४४ भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । त्यसअघि, सन् २०२१ मेमा चर्किएको द्वन्द्वमा २५० प्यालेस्टाइनी र १० इजरायलीको मृत्यु भएको थियो ।

कसरी सुरु भयो इजरायल र प्यालेस्टाइनबीच विवाद ?
इजरायल र प्यालेस्टाइनबीचको विवाद १०० वर्ष पुरानो हो । अहिलेको इजरायल र प्यालेस्टाइनी क्षेत्र प्रथम विश्वयुद्धअघि अटोमन साम्राज्यअन्तर्गत थियो ।

टर्किस साम्राज्य भनेर समेत चिनिने अटोमन १४औँदेखि २०औँ शताब्दीसम्म दक्षिणपूर्वी युरोप, पश्चिमी एसिया र उत्तरी अफ्रिकालाई समेटर बनाइएको ठूलो राज्य थियो ।

अटोमन साम्राज्यले पहिलो विश्वयुद्धमा हार व्यहोरेपछि अहिले प्यालेस्टाइनी र इजरायलीबीच विवादित यो भूमिलाई बेलायतले आफ्नो नियन्त्रणमा लिएको थियो । त्यति बेला त्यहाँ अरबी मुस्लिमको बाहुल्यता थियो । अल्पसंख्यक यहुदी थिए ।

 

सोही समयमा युरोपमा उत्पीडन भोगिरहेका यहुदी गएर उक्त क्षेत्रलाई आफ्नो ‘नेसनल होमल्यान्ड’ बनाउन खोजे, जसलाई बेलायतको समर्थन थियो । तर, पहिलेदेखि नै त्यहाँ रहेका अरब मुस्लिम वा प्यालेस्टाइनी समुदायले यो कदमको विरोध गर्न थालेको थियो ।

यहुदीका निम्ति त्यो ठाउँ पुर्ख्यौली थलो थियो । प्यालेस्टाइनीले भने उक्त भूमिमा आफ्नो अधिकार रहेको दाबी गरे ।

सन् १९२० देखि १९४० र दोस्रो विश्वयुद्धताका नाजी जर्मनले करिब ६० लाख यहुदीको नरसंहार गरेको भनिने घटनाबीच त्यहाँ पुग्ने यहुदीको संख्या बढ्यो । यस्तोमा यहुदी र अरब जनसंख्याबीच तनाव बढ्यो । बेलायती शासनको पनि विरोध चर्कियो ।

१९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई यहुदी र अरब राज्य गरी दुई हिस्सामा विभाजन गर्नुपर्ने भन्दै मतदान गरिएको थियो । जेरुसेलमलाई अन्तर्राष्ट्रिय सहरका रूपमा मानिएको थियो । यहुदी पक्षले स्वीकार गर्‍यो । अरब पक्षले भने यसलाई स्वीकार गरेन ।

इजरायलको स्थापना
विवाद साम्य नभएपछि १९४८ मा बेलायत प्रशासन त्यहाँबाट घर फर्कियो । यहुदी नेताहरूले इजरायल स्थापनाको घोषणा गरे ।

इजरायलको यो कदमको धेरै प्यालेस्टाइनीले विरोध गरेसँगै युद्ध भयो । छिमेकी देशहरूले सैन्य बल प्रयोग गरेरै हस्तक्षेप गरे । त्यति बेला लाखौँ प्यालेस्टाइनी आफ्नो घर छोडेर भागेका थिए । सन् १९४७–०४९ को अवधिमा युद्धका बेला सात लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक त्यहाँबाट विस्थापित भएको मानिन्छ ।

युद्धविराम गरिँदा इजरायलले प्यालेस्टाइनको महत्त्वपूर्ण भूभाग नियन्त्रणमा लियो । त्यसै बेला जोर्डनले वेस्ट बैंक कब्जा गरेको थियो भने इजिप्टले गाजा । जेरुसेलम पश्चिममा इजरायली र पूर्वमा जोर्डनको सेनाबीच विभाजित थियो ।

शान्ति सम्झौता नहुँदा इजरायल र प्यालेस्टाइनबीच निरन्तर युद्ध जारी रह्यो । १९६७ को अर्को युद्धमा इजरायलले जेरुसेलम, वेस्ट बैंक र गाजालगायत ठूलो क्षेत्र नियन्त्रणमा लियो ।

अहिले अधिकांश प्यालेस्टाइनी शरणार्थीका रूपमा गाजा र वेस्ट बैंकमा छन् । छिमेकी मुलुक जोर्डन, सिरिया र लेबनानमा पनि उनीहरू छन् ।

इजरायलले यहुदी राज्यका रूपमा आफ्नो अस्तित्वलाई खतरा हुने भन्दै यी प्यालेस्टाइनीलाई आफ्नो घर फर्कन दिएको छैन । इजरायल विश्वको एक मात्र यहुदी राज्य हो ।

अहिले पनि इजरायलले वेस्ट बैंकलाई आफ्नो नियन्त्रणमा राखेको छ । गाजा भने इजरायलको नियन्त्रणमा छैन ।

इजरायलले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्छ । प्यालेस्टाइनीले पूर्वी जेरुसेलमलाई आफ्नो भविष्यको प्यालेस्टाइन राज्यको राजधानी दाबी गर्दै आएका गर्छन् ।

विगत ५० वर्षमा इजरायलले जेरुसेलम क्षेत्रमा बस्ती निर्माण गर्दै ६ लाखभन्दा बढी यहुदीको वासस्थान बनाएको छ ।

तनाव र युद्ध
पूर्वी जेरुसेलम, गाजा र वेस्ट बैंकमा बसोबास गर्ने प्यालेस्टाइनी र इजरायलीबीच बारम्बार तनाव एवं द्वन्द्व भएको छ । गाजामा प्यालेस्टाइनी लडाकु समूह हमासको शासन छ । हमास इजरायलविरुद्ध लड्दै आएको छ ।

सन् १९८७ मा प्यालेस्टाइनी धर्मगुरु शेख अहमद यासिनले इजरायलविरुद्ध लड्न सैन्य क्षमताको अन्तर्राष्ट्रिय सुन्नी स्लामिक संगठनका रूपमा हमासको स्थापना गरेका थिए । हमासलाई हतियार आपूर्ति हुन नदिन इजरायल र इजिप्टले सीमामा कडाइ गर्ने गरेका छन् ।

गाजा र वेस्ट बैंकमा रहेका प्यालेस्टाइनीले इजरायलको दमन र शोषणको सामना गरिरहेको बताउने गरेका छन् । अर्कोतर्फ, आफूलाई प्यालेस्टाइनीबाट जोगाउन खोजेको इजरायलले जिकिर गर्दै आएको छ ।

भविष्य के होला ?
इजरायल र प्यालेस्टाइनबीचको समस्यामध्ये प्यालेस्टाइनी शरणार्थीको स्थिति के हुन्छ भन्ने एउटा प्रमुख हो । वेस्ट बैंकमा इजरायलले बसालेको बस्ती हटाउने कि रहन दिने भन्ने अर्को विषय छ ।

जेरुसेलम दुवै पक्षले साझा गर्नेरनगर्ने र इजरायलसँगै अर्कातिर प्यालेस्टाइन राज्यको स्थापनाजस्ता प्रश्नहरू यहाँ छन् ।

वर्षौँदेखि वार्ता र शान्ति सम्झौताका प्रयास गरिए पनि कुनै टुंगोमा पुग्न सकेको छैन । यस किसिमका जटिल समस्याका कारण प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व कति लामो समयसम्म जान सक्छ भन्ने प्रश्न यथावत् छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu