ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमनलाई नेपालको १३८ रनको लक्ष्य


admin
२६ माघ २०७४, शुक्रबार   ५ : ०१   बजे

काठमाडौं, २६ माघ । आइसिसी वल्ड क्रिकेट लिग डिभिजन दुइअन्तर्गत भएको दोस्रो खेलमा नेपालले ओमानलाइ एक सय ३९ रनको लक्ष दिएको छ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन जोड्यो।

नेपालको लागि शरद भेषावकरले सर्वाधिक २२ रन बनाए। दीपेन्द्रसिह एेरी २०, दीलिप नाथ १९ र पारस खड्का १७, सोमपाल कामीले १७ र रोहित पौडेलले १४ रन बनाए।

ज्ञानेन्द्र मल्ल सात,आरिफ शेख सात र बसन्त रेग्मी एक रनमा आउट भए।

नेपालले पहिलो विकेटका लागि १० दोस्रोको लागि २८ तेस्रोका लागि १५ र पाँचौ विकेटका लागि ३६ रनको साझेदारी गर्‍यो।

ओमानका यी बलरहरु नेपालका लागि भारी बने

ओमानका बलर कालीमुल्लाह एक्लैले चार विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए ।

कालिमुल्लाहले नेपालका महत्वपूर्ण ब्याट्सम्यानलाइ आउट गरेका थिए। उनले उपकप्तान ज्ञानेन्द्र मल्ल कप्तान पारस खड्का रोहित पौडेल र आरिफ शेखलाइ आउट गरेका हुन्।

टोलीलाइ पहिलो सफलता कालिमुल्लाहले दिएका थिए। टोलीको सबैभन्दा किफायती बलर बिलाल खान बने।

उनले नौ ओभरमा एक मेडन राखेर १३ रन खर्चदै‌ दुइ विकेट लिएका थिए।

शरदलाइ आउट गर्दै उनले सातौ‌ विकेटका लागि नेपालको १८ रनको साझेदारी तोडेका थिए।

नेपालले पहिलो खेलमा बिहीबार नामिबियालाइ एक विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group