ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलमा हमासको हमलामा १० नेपाली विद्यार्थीले गुमाए ज्यान, एक अझै बेपत्ता : प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


एबीसी न्यूज
२२ आश्विन २०८०, सोमबार   ७ : ३६   बजे

काठमाडौं, २२ असोज । इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको छ । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आइतबार किबुज अलुमिम फार्ममा रहेका नेपाली विद्यार्थीको निधन भएको पुष्टि गरेकी छिन् । मृतकको शव स्वदेश लैजान तथा त्यहाँ रहेका नेपालीको उद्धारका लागि छलफल भइरहेको जानकारी दिइन् । इजरायलको राजधानी तेलअभिभबाट राजदूत रिजालले भनिन्, ‘१० नेपाली विद्यार्थीको दुःखद निधन भएको छ । उहाँहरूको शव स्वदेश लैजान र उद्धार गर्नुपर्ने नेपालीको उद्धारका लागि छलफल भइरहेको छ ।’

नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई मृतक, घाइते र बेपत्ता भएका नेपालीको सूची पठाएको छ । परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्टको मृत्यु भएको छ ।

त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा र सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ । परराष्ट्रले भने मृतकहरूको सूची सोमबार मात्रै सार्वजनिक गर्ने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रतिनिधिसभामा इजरायलको घटनाबारे जानकारी दिने क्रममा केही नेपाली हताहती भएको बताए पनि विस्तृत खुलाएका थिएनन् । परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई घटनाको पुनः पुष्टि गर्न निर्देशन दिएको छ ।सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी–त्रिशक्ति नगरपालिका– ४ का वीरेन्द्र चौधरीलाई उद्धार गरेर राजधानी तेलअभिभतर्फ पठाइएको छ । अर्को सहरमा रहेका, तर सुदूरपश्चिम विश्वविद्यालयको त्यही समूहमा इजरायल गएका कञ्चनपुरका भीमदत्त नगरपालिका– ३ का विपिन जोशी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

ग्रिनेडको छर्रा लागेका चार विद्यार्थी भने अस्पतालमा उपचाररत छन् । शारदा– २ सल्यानका विधान सेजवाल, दाङको दंगीशरण गाउँपालिका– ३ का रविन डाँगी, कैलालीको टीकापुर नगरपालिका– ९ का धनबहादुर चौधरी र गोरखाको गोरखा नगरपालिका– ८ का हिमाञ्चल कट्टेलको अस्पतालमा उपचार चलिरहेको छ । उनीहरू चारैजनालाई सोमबार उद्धार गरेर राजधानी तेलअभिभ ल्याउने तयारी भइरहेको छ । भण्डारीले टेलिफोनमा भने, ‘हामी सबै तेलअभिभ जाने तयारीमा छौँ ।’

इजरायलस्थित नेपाली राजदूतावास (नियोग) उपप्रमुख अर्जुन घिमिरेले विद्यार्थीसँग समन्वय गरेका छन् । घिमिरेले तेलअभिभबाट स्वदेश फर्किने बन्दोबस्तका लागि चिन्ता नलिन र सुरक्षित रूपमा राजधानी पुग्न वा परिस्थिति हेरेर आफू बसेकै ठाउँमा सुरक्षित रहन आग्रह गरेको बताए । आइतवार पनि घिमिरेले विद्यार्थीसँग भिडियो कलमार्फत जानकारी लिएका थिए ।

उनीहरूसहित सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार उनीहरू कृषि कार्यका लागि गएका हुन् । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा सरकारले गठन गरेको समन्वय संयन्त्रको बैठक सोमबार बिहान ९ बजे परराष्ट्र मन्त्रालयमा बोलाइएको छ । बैठकपछि इजरायलमा नेपालीहरूको मृत्युलगायत विषयमा परराष्ट्रले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । परराष्ट्रका सहसचिव शरदराज आरणले समन्वय संयन्त्रमा रहेका सबैलाई अनिवार्य उपस्थितिका लागि सूचना जारी गरेका छन् ।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा १० नेपाली विद्यार्थीको निधन भएको घटनाबारे छलफल गर्न सोमबार सर्वदलीय बैठक बोलाएका छन् । बिहान ८ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

कृषि क्याम्पस रामपुरका विद्यार्थीको उद्धारको माग

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनबाट इजरायलमा कृषि कार्य अध्ययन कार्यक्रममा पुगेका विद्यार्थीको उद्धारको माग गरिएको छ । रजिस्ट्रार शारदा थपलियाका अनुसार सन् २०२२ गएका ६ जना र २०२३ मा गएका एक सय १३ जना गरी एक सय १९ जना विद्यार्थी सकुशल रहेको जानकारी प्राप्त भएको

छ । तर, इजरायलको दक्षिणी क्षेत्रमा हमला जारी रहेकाले उनीहरूको उद्धारको माग विश्वविद्यालयले गरेको हो । विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले आइतबार विज्ञप्ति जारी गरेर विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न विश्वविद्यालयले सरकारका विभिन्न निकाय तथा रमाट नेगेभ इन्टरनेसनल ट्रेनिङ सेन्टरलाई अनुरोध गरेको उल्लेख छ । विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहिराखेको बताउँदै थपलियाले स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भएबमोजिमका सुरक्षाका उपाय अपनाउन र सजक रहन अनुरोध गरेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu