ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डेडिकेटेड’ इजलास तोकिने, न्यायाधीश नतोकिने पारिवारिक इजलास काठमाडौंबाट सुरु:


एबीसी न्यूज
२२ आश्विन २०८०, सोमबार   १२ : ५८   बजे

काठमाडौं, २२ असोज । जिल्ला अदालत काठमाडौंबाट पारिवारिक इजलास सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालत पुगेर आज पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइका क्रममा पनि पारिवारिक अदालत तत्काल सम्भव नभएको भन्दै तत्कालका लागि पारिवारिक इजलास सञ्चालनमा ल्याउने बताएका थिए ।

उनले कार्यभार सम्हाल्ने क्रममा भने उत्यकका तीन जिल्लाबाट पारिवारिक इजलासको सुरुआत गर्ने घोषणा गरेका थिए । उनले सोमबार पारिवारिक इजलास शुभारम्भ गर्ने क्रममा आफ्नो घोषणा साकार हुन लागेको भन्दै खुसी व्यक्त गरे ।

“पारिवारिक इजलासको महत्व किन हुन्छ भने, यसमा हामी महिलावादी भएका अंशमुद्दा, नाताका मुद्दाहरु, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रुपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरुलाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो ।

यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलोपटक नै हो,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्न सक्छ भन्ने उद्देश्य हो । काठमाडौं जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ । तथापि, उहाँहरुलाई प्राथमिकता दिन नसकेर, उहाँहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामकरणबाट गरिएको छ ।”

उनले पारिवारिक इजलासले महिलाहरुको लागि केही न केही राहत दिने भन्द छिटो छरितो र विश्वास गर्न सकिने न्याय दिन सक्ने विश्वास व्यक्त गर्ने । “यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ,” श्रेष्ठले भने ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले अभ्यासका क्रममा पारिवारिक मुद्दाको समूह बनाएर पेसी तोकिने जानकारी दिए । उनका अनुसार त्यसरी समूहमा पर्ने मुद्दामा गोला प्रणालीबाटै न्यायाधीश तोकिने छन् ।

“अहिलेलाई पारिवारिक मुद्दा व्यवस्थापन गर्न मुद्दाको समूह बनाइन्छ । र, गोला प्रणालीबाट पेसी तोकिन्छ,” दाहालले भने, “डेडिकेटेड इजलास हुन्छ, तर डडिकेटेड न्यायाधीश भने ताकिने छैन ।”

उनले गोला टिप्दा जसलाई पर्छ, उही न्यायाधीशले पारिवारिक मुद्दा हेर्ने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu