ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलायन्सको विमान पठाएर तुरुन्तै नेपालीको उद्धार गर्नुपर्छ : सांसद पन्त


एबीसी न्यूज
२२ आश्विन २०८०, सोमबार   १ : ०३   बजे

काठमाडौं, २२ असोज ।  नेकपा एमालेका सांसद रघुजी पन्तले द्वन्द्वग्रस्त इजरायलबाट फिर्ता हुन चाहने नेपालीलाई विमान नै पठाएर भए पनि सरकारले यथाशीघ्र स्वदेश फर्काउनुपर्ने बताएका छन् ।

सुरक्षित रूपमा नेपालीलाई फर्काउनुपर्ने आइतबार आफूले सञ्चारमाध्यमसित बताए पनि सामाजिक सञ्जालमा बंग्याएर प्रचार गरिएको उनको भनाइ छ । कोरोनाका बेलामा तत्कालीन सरकारले नागरिकको उद्धार गरेजस्तै अहिले पनि गरिनुपर्नेमा आफूले जोड दिएको उनले बताए ।

“मैले हिजो आइतबार बोलेका कुरालाई बंग्याएर प्रचार गरियो । सरकारले त्यहाँ रहेका नेपालीहरूको उद्धारको लागि नेपाल एयरलायन्सको विमान पठाएरै भए पनि तुरुन्तै नेपाल फर्काउनुपर्छ,” उनले बाह्रखरीसँग भने, “कूटनीतिक प्रयासलाई अघि बढाएर फर्कन चाहने नेपालीहरूलाई अविलम्ब फर्काउनुपर्छ र द्वन्द्वग्रस्त क्षेत्रमा बस्न चाहनेहरूले पनि बस्न पाऊन् भन्नेमा ध्यान दिनुपर्छ ।”

उनले इजरायलमा नेपालीको मृत्युको घटनाप्रति दुःख व्यक्त गरे । “इजरायलमा जे घटना घटेको छ, यो दुःखद घटना हो । प्यालेस्टाइनी र इजरायलको पहिलेदेखि नै द्वन्द्व भए पनि सुरक्षा व्यवस्था राम्रो थियो,” उनले भने, “त्यसैले नेपाली गएका हुन् । अप्रत्याशित द्वन्द्वप्रति गहिरो दुःख व्यक्त गर्दछु ।”

मृत्यु भएकाको शव स्वदेश ल्याउनुपर्ने र सरकारले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए । “ज–जसको मृत्यु भएको छ, शवलाई स्वदेशमा ल्याइदिनुपर्छ । उनीहरूको लागि नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्छ । र, इजरायल सरकारसँग पनि कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ ।”

इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group