ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलबाट नेपाली फिर्ता ल्याउने प्रयासमा सरकार, भारतसहित यी देशले थालिसके उद्धार


एबीसी न्यूज
२२ आश्विन २०८०, सोमबार   २ : २९   बजे

काठमाडौं, २२ असोज । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँ द्वन्द्व चर्किएको छ । इजरायलले जवाफी आक्रमणले थालेसँगै दुई पक्षबीच लडाइँ जारी छ । इजरायलले युद्धको घोषणा नै गरिसकेको छ ।

द्वन्द्वमा विभिन्न देशका नागरिक फसेका छन् । कतिपयको मृत्यु भएको छ । इजरायलमा आफ्ना नागरिक रहेका देशहरूले उद्धारको प्रयास गरिरहेका छन् । केही देशले आफ्ना नागरिकको उद्धार समेत गरिसकेका छन् ।

नेपालको तयारी
हमासको आक्रमणमा परी इजरायलमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । अरू केही घाइते छन् । त्यहाँ रहेका नेपालीले उद्धारका निम्ति सरकारसँग आग्रह गरिरहेका छन् ।

युद्धग्रस्त क्षेत्रमा फसेका नागरिकको जतिसक्दो चाँडो उद्धार गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, कुन रुटबाट कसरी उनीहरूलाई नेपाल ल्याउने टुंगो लाग्नै बाँकी छ ।

अहिले त्यहाँ उडानमा समेत सहज स्थिति छैन । सोही कारण कहाँबाट कसरी गएर उद्धार गर्न सकिन्छ भन्ने टुंगो लागेको छैन ।

 

इजरायलमा जारी द्वन्द्व र त्यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन गरिएको छ । त्यहाँ मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन विमान तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने संयन्त्रले निर्णय गरेको छ । इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरणको उपाय खोज्ने निर्णय पनि संयन्त्रले गरेको छ ।

भारतले के गर्दै छ ?
जारी द्वन्द्वका बीच आफ्ना २७ नागरिक इजरायलबाट इजिप्ट पुगेको भारतले जनाएको छ । मेघालय राज्यका मुख्यमन्त्री कोनराड संगमाले उक्त द्वन्द्वग्रस्त क्षेत्रमा फसेका २७ नागरिक भारतीय दूतावासको प्रयासमा सुरक्षित रूपमा इजिप्ट प्रवेश गरेका बताएका हुन् ।

एयर इन्डियाले इजरायलको तेल अभिभबाट आफ्ना चालक दलका सदस्य र अरू दुई कर्मचारीलाई फिर्ता ल्याएको जनाएको छ । इजरायलमा द्वन्द्वमा फसेका विद्यार्थी र नागरिकको उद्धारका निम्ति प्रयास गरिरहेको भारत सरकारले जनाएको छ ।

हंगेरीले गर्‍यो उद्धार
आइतबार रातारात हंगेरीले इजरायलबाट दुई विमानमार्फत २१५ नागरिकको उद्धार गरेको छ । हंगेरीका विदेशमन्त्री पिटर सिज्जार्टोले ती नागरिक राजधानी बुडापेस्टमा सकुशल अवतरण गरेको बताएका छन् ।

बुल्गेरियाको दोस्रो उद्धार उडान
बुल्गेरियाले इजरायलबाट दोस्रो उद्धार उडान गरिसकेको छ । आइतबार बुल्गेरियाले आफ्ना ९२ र एक क्रोएसियाली नागरिकलाई इजरायलबाट राजधानी सोफियामा अवतरण गराएको थियो । बुल्गेरियाले अर्को उडानमार्फत सोमबार बिहान ८७ नागरिकको उद्धार गरिएको जनाएको छ ।

 

ब्राजिलको तयारी
ब्राजिलले वायुसेनाका २३० यात्री बोक्ने क्षमताका ६ विमानमार्फत इजरायल र प्यालेस्टाइन छोड्न चाहने नागरिकलाई ‘एयरलिफ्ट’ गर्न तयार रहेको जनाएको छ ।

पहिलो उद्धार उडान सोमबार र मंगलबारको बीचमा हुनेछ । केही ब्राजिलियन नागरिक पहिले नै व्यावसायिक उडानमार्फत स्वदेश फिर्ता भइसकेका बताइएको छ ।

पोल्यान्डले स्वदेश फर्कायो
पोल्यान्डले इजरायलबाट आफ्ना नागरिकको उद्धार सुरु गरिएको जनाएको छ । पोल्यान्डका रक्षामन्त्री मारिउज ब्लास्जाकले सोमबार १२० जना आफ्नो भूमिमा फर्किइसकेको बताउँदै सेनालाई धन्यवाद दिएका छन् ।

थाइल्यान्डको तयारी
थाइल्यान्डले पनि इजरायलबाट आफ्ना नागरिकको उद्धारको तयारी थालिएको जनाएको छ । इजरायल र प्यालेस्टाइनमा जारी द्वन्द्वका क्रममा १२ थाई नागरिकको मृत्यु भएको बताइएको छ ।

लिथुआनिया छलफलमा
लिथुआनियाको राष्ट्रिय संकट व्यवस्थापन केन्द्र एनकेभीसीले हमासको आक्रमणमा परेको इजरायलबाट तीर्थयात्रीलाई फिर्ता ल्याउनेबारे छलफल गरिरहेको जनाएको छ । त्यहाँको परराष्ट्र मन्त्रालयले हालसम्म पाँच लिथुआनियाली नागरिक इजरायल छोड्न सफल भएको जनाएको छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu