काठमाडौं २२ असोज । इजरायलमा मारिएका नेपालीको परिवारलाई सरकारले १० लाख दिने
काठमाडौं । सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।
प्यालिस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो ।
परिवारलाई राहतस्वरुप १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै मृत्यु भएकाको शव यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्