ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली लिन जाने जहाज तयारी अवस्थामा, इजरायलले दिएन जहाज उडाउने अनुमति


एबीसी न्यूज
२३ आश्विन २०८०, मंगलबार   ९ : ३८   बजे

काठमाडौं, २३ असोज । नेपालले युद्धग्रस्त इजरायलमा रहेका नागरिकलाई स्वदेश ल्याउने सबै तयारी पुरा गरे पनि इजरायलले जहाज उडानको अनुमति दिएको छैन ।सरकारले कूटनीतिक च्यानलमार्फत इजरायलसँग जहाज उडानको अनुमति दिन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उताबाट जहाज उडानको अनुमति आउने बित्तिकै नेपालीको उद्धारका लागि सबै तयारी पुरा भएको बताइन् । प्यालेस्टाइनी अतिवादी समूह हमास आक्रमणपछि इजरायलमा अन्तर्राष्टिय उडान बन्द छ ।‘गाजा क्षेत्रमा रहेका सबै नेपालीको सकुशल उद्धार भएको छ’, लम्सालले भनिन्, ‘इजरायल सरकारले हवाई उडानको अनुमति दिने बित्तिकै यताबाट जहाज पठाउँछौं ।’मन्त्रिपरिषद बैठकले सोमबार चाटर्ड जहाज पठाएर इच्छुक नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको थियो ।

त्यसका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सका जहाज तयारी अवस्थामा राख्न मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।यसअघि त्यहाँस्थित नेपाली दूतावासको समन्यवमा इजरायली सेनाले युद्धग्रस्त क्षेत्रमा बंकरभित्र रहेका ३२ नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो ।

प्यालेस्टाइनी समूह हमासले इजरायलका विभिन्न सहरमा शनिबार जमिन र आकाशबाट एकैसाथ हमला गरेको थियो । आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए । एक जना बेपत्ता छन । चार जना घाइतेको उपचार भइरहेको छ । इजरायलमा केयर गिभरका रुपमा ४ हजार ५ सय र परीक्षार्थी विद्यार्थी २ सय ६५ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group