ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलमा १० देशका नागरिकको मृत्यु, थाइल्यान्ड, नेपाल र अमेरिकाका धेरै


एबीसी न्यूज
२३ आश्विन २०८०, मंगलबार   १२ : ३२   बजे

काठमाडौ, २३ असोज । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् ।

द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित क्षेत्र गाजामा ६९० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भूमिमा आक्रमण गर्नेविरुद्ध बदलाको यो सुरुआत मात्र भएको बताएका छन् ।

इजरायलमा ज्यान गुमाउने विदेशीमा अहिलेसम्मको तथ्यांकानुसार सबैभन्दा बढी थाई नागरिक छन् । थाइल्यान्डको विदेश मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने आफ्ना नागरिकको संख्या १८ पुगेको बताएका छन् । अरू केही थाई नागरिक सम्पर्कविहीन छन् ।

यस्तै, इजरायलमा १० नेपाली नागरिकको मृत्यु भएको छ । केही नेपाली घाइते छन् । यो द्वन्द्वमा नौ अमेरिकी नागरिकको मृत्यु भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।

त्यहाँ क्यानडाका एकको मृत्यु र दुई बेपत्ता, बेलायतका १० भन्दा बढी नागरिकको मृत्यु एवं बेपत्ता र फ्रान्सका एकको मृत्यु र केही बेपत्ता छन् ।

चीन र जर्मनीका ज्यान गुमाउने एवं सम्पर्कविहीन नागरिकको संख्या पुष्टि भएको छैन ।

पाराग्वे र युक्रेनका दुईजनाको मृत्यु भएको छ । रुस र कम्बोडियाका एकरएकजनाको मृत्यु भएको बताइएको छ ।

मेक्सिकोका दुईजना अपहरणमा परेका, तान्जानियाका दुई र आयरल्यान्डका एकजना घाइते रहेका जेरुसेलम पोस्टले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu