ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्थापन समूह सूची पढ्ने तयारीमा, साउदसहितको असहमति


एबीसी न्यूज
२४ आश्विन २०८०, बुधबार   १२ : ४८   बजे

काठमाडौं, २४ असोज । नेकपा एमालेको सुदूरपश्चिम अधिवेशनमा अध्यक्षका उमेदवार भरत साउद, सचिवका उमेदवार रतन रेग्मी र उपसचिवका उमेदवार नरबहादुर विकले सहमतिको नाममा नेतृत्व चयन गर्न लागिएको भन्दै असहमति जनाएका छन् ।

उनीहरुले अध्यक्ष मण्डल र प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालाई सहमतिका नाममा निर्वाचन प्रक्रियामा उमेदवार नभएकाहरुको सूची पढ्ने प्रपञ्च भइरहेको भन्दै ध्यानकर्षण बुझाएका हुन् ।

आफूहरुसँग छलफल नै नगरी नाम घोषणा गरे सहमति नजनाउने पत्रमा उल्लेख छ । उनीहरुलाई एमालेका पूर्वउपाध्यक्ष भीम रावल पक्षको साथ छ ।

एमाले सुदूूरपश्चिम अधिवेशनमा साउद, कृष्णप्रसाद जैसी, बचनबहादुर सिंहको उमेदवारी छ । कमल तिमिल्सिना भने अध्यक्षको उमेदवारीबाट पछि हटेका छन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाको साथ पाएका जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको तयारी भएको नेताहरु बताउँछन् । अधिवेशनमा तिमिल्सनालाई प्रदेश अध्यक्ष दामोदर भण्डारी, सिंहलाई सचिव लेखराज भट्टले साथ दिएका छन् ।

तिमिल्सिना केन्द्रीय सदस्य बन्ने गरी जैसीलाई अध्यक्ष बनाउन सकारात्मक रहेको नेताहरुको भनाइ छ । साउद र सिंहले भने निर्वाचन नै हुनुपर्ने अडान लिएका छन् ।

निर्वाचन समितिले कार्यातालिका परिमार्जन गर्दै २ बजेदेखि हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu