ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवालाई भेटेर, भीम पराजुलीले मागे मुख्यमन्त्री


एबीसी न्यूज
२४ आश्विन २०८०, बुधबार   २ : ३९   बजे

काठमाडौं, २४ असोज । नेपाली कांग्रेस कोशी प्रदेश सांसद भीम पराजुलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफूलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन माग गरेका छन् । बुधबार देउवालाई भेटेर पराजुलीले आफूलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको दुई पटकको नियुक्त सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि मुख्यमन्त्री बनेका नेकपा एमालेका हिक्मत कुमार कार्कीले पनि विश्वासको मत पाउने स्थिति नभएपछि पदबाट राजीनामा दिएका छन् ।

थापा दुई–दुईपटक मुख्यमन्त्री पदबाट हट्नु परेपछि संसदीय दलको नेतामा उनको विकल्प खोज्नुपर्ने आवाज पार्टीभित्र उठेको छ । संस्थापन र इतर समूहले दलको नेताको विकल्पका बारेमा छलफल गरिरहेका बेला पराजुलीले भेटेर आफूलाई मुख्यमन्त्री बनाउन आग्रह गरेका हुन् ।

सभापति देउवालाई भेटेपछि पराजुलीले संसदीय दलको नेताको विकल्प खोज्नु परे दलको तर्फबाट आफूलाई उम्मेदवार बनाउन आग्रह गरेको बताए । दलका नेता थापा र सांसद पराजुली दुवै कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् । ‘प्रशासन बुझेको छु, काम गरेको अनुभव छ, सरकार सञ्चालन गर्न सक्छु,’ पराजुलीले भने, ‘भोलि संसदीय दलको नेताको विकल्प आयो भने मलाई बनाउनुपर्यो भनेर कुरा राखेको छु ।’

जवाफमा देउवाले संसदीय दलको नेता नै पहिलो प्राथमिकता रहने बताएका थिए । गठबन्धनमा सहभागि हुनका लागि राप्रपा सकारात्मक देखिएको देउवाले जवाफ दिएको उनले बताए ।

राप्रपा गठबन्धनमा सहभागी हुँदा थापाको विकल्पमा उम्मेदवार खोज्नुपर्ने पक्षमा छ । किनकी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस नेता सिटौलाबीच सम्बन्ध राम्रो नभएको कांग्रेस नेताहरु बताउँछन् । उनीहरु झापा क्षेत्र नम्बर ३ का प्रतिस्पर्धी हुन् ।

प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धन कांग्रेस भित्र नेतृत्वका लागि हानथाप छ । दलका नेता उद्धव थापासँगै इतर समूहका नेता केदार कार्की मुख्यमन्त्रीको दाबेदार छन् । अमृत अर्याल, भीम पराजुली, हिमाल कार्कीले चाहाना व्यक्त गरेका छन् ।

कांग्रेस इतर समूहका नेता डाक्टर शेखर कोइराला र डाक्टर मिनेन्द्र रिजालले कार्कीलाई गठबन्धन उम्मेदवार बनाउन पार्टीसँगै गठबन्धन दल माओवादी केन्द्रलाई पनि दबाब दिइरहेका छन् ।

कोइराला र रिजालले सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कार्कीलाई बनाउन प्रस्ताव गरेका थिए । ‘अस्ती उहाँहरु प्रधानमन्त्रीलाई भेट्न जानु भएको थियो, सम्भवत आज पनि जानुहुन्छ,’ कांग्रेस संस्थापन समूहका एक नेताले भने, ‘दल भित्र पनि दबाब बढाइरहेका छन्, गठबन्धनले उम्मेदवार नबनाए विद्रोह गरेर एमालेसँग मिल्ने चेतावनी दिइरहेका छन् ।’

कार्कीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ८ जनाको हस्ताक्षर जुटाए बहुमतको सरकार बनाउनका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । प्रदेशमा कांग्रेस संस्थापन इतर समूहका ९ जना सांसद छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । उपधारा ५ अनुसार गठन आह्वान भएको सरकारमा दाबी पेश गर्नका लागि ४७ जना सांसदको हस्ताक्षर नै चाहिन्छ ।

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group