ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यासोनो व्यवसायी किशोर सिलवालले, अवैध अनलाइन ग्याम्ब्लिङ सञ्चालन अनुमति कसरी पाए ?


एबीसी न्यूज
२४ आश्विन २०८०, बुधबार   ३ : ००   बजे

काठमाडौं, २४ असोज ।  प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार अनलाइन बेटिङमार्फत् करोडौँ कारोबार गर्ने पिन्टुकुमार साहलाई पक्राउ गर्‍यो ।

कार्यालयका प्रहरी उपरीक्षक एसपी रवीन्द्र रेग्मीका अनुसार उनले अनलाइन बेटिङ सञ्चालन गरी २४ करोड रुपैयाँ बराबरको कारोबार गरेको आधारमा पक्राउ गरिएको हो । झापा दमक नगरपालिका–१२ का ३० वर्षीय साहले नेपालमा अवैध मानिएको अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

यसअघि उपत्यका अनुसन्धान कार्यालयकै टोलीले अनलाइन ग्याम्ब्लिङ र वान वेक्स बेटबारे युट्युवमा विज्ञापन गरेको भन्दै ३२ जेठमा ‘बल्छी धु्रवे’ नामले परिचित मरिचमान श्रेष्ठसहित आठ जना कलाकारलाई पक्राउ गरेको थियो ।

उनीहरु २४ दिन प्रहरी थुनामा बसेका थिए । जिल्ला अदालत काठमाडौंले जनही पाँच हजार रुपैयाँ धरौटीमा छाड्यो ।

एकातिर प्रहरीले अनलाइन बेटिङ कारोबारमा संलग्नहरुलाई धमाधम पक्राउ गर्दै कारबाहीको दायरामा तान्ने गरेको छ । अर्कातिर अवैध भनिएको अनलाइन ग्याम्ब्लिङ, बिंगो, स्पोर्टस् बेटिङ सञ्चालन गर्न एक निजी कम्पनीलाई अनुमति दिएको तथ्य बाह्रखरीले फेला पारेको छ ।

संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालयले १५ असार २०६७ मै नेपालमा अवैध मानिएको अनलाइन ग्याम्ब्लिङ सञ्चालन गर्न स्वीकृत दिएको भेटिएको हो ।

मन्त्रीस्तरीय निणर्यबाट लाजिम्पाटस्थित रक इन्टरनेशनल प्रालिलाई अनुमति दिएको भेटिएको हो । त्यतिबेला संस्कृति तथा पर्यटन मन्त्रीमा हालका श्रममन्त्री शरतसिंह भण्डारी थिए । रक इन्टरनेशनल प्रालिका सञ्चालक क्यासिनो ब्यवसायी किशोर सिलवाल हुन् ।

पर्यटन विभाग स्रोतका अनुसार शक्तिको आडमा उनले अवैध अनलाइन सट्टेबाजी, ग्याम्ब्लिङ सञ्चालन गर्ने अनुमति पाएका हुन् । त्यसरी अवैध अनलाइन ग्याम्ब्लिङ सञ्चालन गर्न अनुमति पाउने उनी एक्ला व्यवसायी हुन् ।

उक्त अनलाइन ग्याम्ब्लिङ सञ्चालन गरेबापत प्रतिवर्ष प्रतिस्थान ५० हजार शुल्क तोकिएको छ । स्रोतका अनुसार, सिलवालले नै अनलाइन ग्याम्ब्लिङ र बेटिङका लागि चिनियाँ समूहहरुलाई त्यही अनुमति बिक्री गर्ने गरेका हुन् ।

सिलवालले पाएको अनुमति देखाउँदै चिनियाँ समूहले काठमाडौंको अनेक ठाउँमा अनलाइन ग्याम्ब्लिङ र सट्टेबाजीको धन्दा सञ्चालनमा रहेको स्रोतको दाबी छ । केही स्थानमा प्रहरीकै संरक्षणमा समेत अनलाइन ग्याम्ब्लिङ हुने गरेका छन् । अवैध अनलाइन ग्याम्ब्लिङ गिरोहबारे २०७६ मै खुलासा भएको थियो ।

यो गिरोहले सुरुमा चिनियाँ नागरिकलाई नै मुख्य टार्गेट बनाएर धन्दा थालेका थिए । त्यतिखेर प्रहरीले काठमाडौंमा ठाउँ–ठाउँमा छापा मारेर १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुल्ने गर्थे । चिनियाँ प्रहरीको आग्रहमै प्रहरीले त्यतिबेला अपरेसन थालेको थियो ।

हाल चिनियाँ समूहले विभिन्न ठाउँबाट अनलाइन ग्याम्ब्लिङ खेलाउँदै आएको छ । गत वर्ष बानेश्वर र रुपन्देहीबाटसमेत अनलाइन ग्याम्ब्लिङ गर्ने ठूलो समूह पक्राउ परेका थिए । अनलाइन ग्याम्ब्लिङका लागि चिनियाँ समूहलाई रक इन्टरनेसनलका सञ्चालक सिलवालले नै भित्र्याउने गरेको आरोप उनीमाथि छ ।

प्रहरीका अनुसार, सिलवालको सम्बन्ध हाल ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङ र हाल फरार जीवन चलाउनेसँग पनि सम्बन्ध भएको भेटिएको छ ।

सञ्चालक किशोर सिलवालले आफूले ग्याम्ब्लिङ सञ्चालनको लागि लाइसेन्स लिएको स्वीकार गरे । उनले भने,“मैले अहिले सञ्चालन गरेको छैन । लाइसेन्स पहिला नै लिएको हो । नवीकरण गरेर मात्रै राखेको छु ।”

आफूले सञ्चालन नगरे पनि आफूले प्राप्त गरेको लाइसेन्सको अनुमति अरुलाइ सम्झौतामा बिक्री गर्ने बारेमा भने उनी स्पष्ट हुन चाहेनन् । “यो विषयमा तपाईंसँग पछि कुरा गर्छु,” सिलवालले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group