ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई, अर्थमन्त्रीको आग्रह


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   १ : २२   बजे

काठमाडौं, २५ असोज ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई आग्रह गरेका छन् ।

कोरियाका उपप्रधान एवं अर्थमन्त्री चु क्युङसँगको दुईपक्षीय भेटवार्तामा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेको बताए । कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको उनले उल्लेख गरे ।

“नेपाल लगानी गरेका भारतीय बहुर्राष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुर्राष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतीय कम्पनी आईटीसी इन्डिया मात्रै होइन, मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्,” उनले कोरियन उपप्रधानमन्त्रीलाई भने, “हामीहरूले चालु आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ ।”

नेपाल सरकारले ‘इज अफ डुइङ बिजनेस’मा निरन्तर सुधार गरिरहेको भन्दै उनले कोरियन लगानीकर्तालाई झन्झट नहुने बताए । “भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,” महतले भने, “जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटनलगायत क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।”

नेपालमा लगानी गरेर लाभ लिन र आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह उनले कोरियाका उपप्रधानमन्त्रीलाई आग्रह गरे । “अहिले तपाईंहरू संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनुहुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ,” मन्त्री महतले भने, “निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडकजस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।”

सो भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताए । कोरियन अर्थमन्त्री चु क्युङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्‍याउने अवस्थामा पुगेको बताए । निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने उनले उल्लेख गरे ।

केही कोरियन लगानीमा दोहारो करसम्बन्धी समस्या रहेको भन्दै उनले त्यसको समाधान गर्न मन्त्री महतलाई आग्रह गरे । जवाफमा मन्त्री महतले दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न निम्तिो समेत दिए । उपप्रधानमन्त्री चु क्युङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथाशक्य छिटो एजेन्डा तय गर्न आग्रह गरेको अर्थमन्त्री महतको सचिवालयले जानकारी गराएको छ ।

अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानुन राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । कोरियाका अर्थमन्त्रीले नेपाली जनताको जीवनस्तर सुधार गर्न आफूहरू सबै प्रकारका सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वर्ल्ड एक्सपो आयोजना गर्न खोजेको भन्दै सहयोग गर्न महतमार्फत नेपाललाई आग्रह गरे । इटालीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए ।

अर्थमन्त्री डा। महतले नेपाल वायुसेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन पनि माग गरे । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायुसेवा निगमलाई पनि त्यस्तो अनुमति दिनुपर्नेमा उनले जोड दिए । यसबारेमा आफू सकारात्मक भएको चु क्युङले बताए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका अर्थमन्त्री महतले चु क्युङसँग ‘साइडलाइन’मा वार्ता गरेको उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group