ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा सहमत छैन, उद्योगमन्त्री रिजाल


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   १ : २६   बजे

काठमाडौं, २५ असोज । उद्योग, वाणिव्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्तअवस्थामा नरहेको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्यु विषयक अन्तरक्रियामा बोल्दै अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा आफू सहमत नरहेको बताए ।

“अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरामा म सहमत छैन । हामीले अर्थतन्त्रलाई उभो लगाउन नसकेपनि उधो लागि हालेको अवस्था छैन,” मन्त्री रिजालले भने, “त्यसकारण अर्थतन्त्र संकटग्रस्ट छैन ।”

मन्त्री रिजालले मुलुकलाई समृद्धितर्फ लैजान निजी क्षेत्रलाई अगाडि बनाउनु पर्ने धारणा राखे ।

“मुलुकलाई समृद्धितर्फ लैजाने निजी क्षेत्रलाई अगाडि बढाउन सक्यौँ । उनीहरूलाई विश्वासको वातावरण बनाउन, लगानीमैत्री वातावरण बनाउन सक्यौँ भने यो मुलुक समृद्धितर्फ जान्छ,” उनले भने, “निजी क्षेत्र भनेको बदमासकै क्षेत्र हो । यिनीहरूले राजनीतिज्ञ र कर्मचारीलाई चल्नै दिँदैनन् । यस्ता खालका परम्परागत अतिवाद सोच हो । यस्ता खालका सोचलाई फाल्न सकेनौँ भने यो मुलुक समृद्धितर्फ जान्छ भन्ने मलाई विश्वास छैन ।”

समृद्ध राष्ट्र निर्माणको लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । ‘अर्थतन्त्र संकटग्रस्त छ’ भन्ने खालका अभिव्यक्ति त्याग्नुपर्ने उनको भनाइ छ ।

“हिजोको जस्तो आम्दानी नहोला । तर तपाईंहरूले दिएको अर्थतन्त्र संकटग्रस्त छ भन्ने अभिव्यक्तिले धेरैलाई निराशा बनाएको छ ।त्यसकारण यस्ता खालका अभिव्यक्ति पनि त्यागौँ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group