ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा आङ्वोलाई मुख्यमन्त्री बनाउने प्रचण्डको प्रयास, इन्चार्ज खनाल भन्छन्- गठबन्धनमा सहमति जुटिसक्यो


एबीसी न्यूज
२५ आश्विन २०८०, बिहिबार   २ : २१   बजे

काठमाडौं, २५ असोज । सत्ता गठबन्धनमा कोशी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र लिने भएको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार माओवादीका कोशी संसदीय दलको नेता इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउन बालुवाटारमा सहमति जुटेको हो ।

कोशी सरकारबारे माओवादीको नेतृत्वमा गठन गर्ने लगभग सहमति भइसकेको माओवादी कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनालले बताए ।

उनले भने, ‘अहिले पनि छलफल चलिरहेको छ। माओवादी नेतृत्वमा सरकार बनाउन करिब करिब सहमति भइसकेको छ। तर, अहिले सबैको टुंगियो भन्न सकिँदैन। कांग्रेसले पनि तपाईँहरूको नेतृत्वमा सहमति जुट्छ भने हामीलाई आपत्ति छैन भनिसक्नुभएको छ।’

उनले कांग्रेसले आफूहरूलाई सरकारको नेतृत्व दिन तयार भएपछि आन्तरिक रूपमा अझै विवाद रहेको स्वीकारे ।

उनले भने, ‘शेखरजीको टिम सोमबार प्रधानमन्त्रीकहाँ जानुभएको थियो । उहाँले हामीलाई पहिले सहयोग गर्नुपर्‍यो भन्नुभएको रहेछ ।’

उनले कांग्रेसको नीति अनुसार दलको नेता नै मुख्यमन्त्री बन्ने विधान भएकाले शेखर पक्षले भनेको कुरामा सहमति बन्न नसकेको उनको बुझाइ छ ।

उनले थपे, ‘अहिले मध्यावधिमा जानसक्ने अवस्था छैन । सबै दल सहमत नै छन् । अहिले जहाँ सहमति जुट्छ त्यही गरौं भन्ने हाम्रो प्रस्ताव थियो। तर, हाम्रो पार्टी नेतृत्व लिनेबारे छलफल भएको छ।। त्यसबारे बिहान पनि छलफल भइरहेको छ ।’

उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा राप्रपासँग प्रधानमन्त्रीले गरेको छलफल पनि सकारात्मक भएको सुनाए ।

उनले भने, ‘राजेन्द्रजीसँग पनि प्रधानमन्त्रीले छलफल गर्नुभएको छ। उहाँहरू सकारात्मक हुनुहुन्छ। तर, अहिलेसम्म औपचारिक सहमति आएको छैन। उहाँहरूले मौखिक वा लिखित प्रतिबद्धता नआएसम्म भन्ने कुरा पनि भएन ।’

त्यसो त राप्रपाले कोशी सरकारबाट निर्णय गर्नको लागि भोलिका लागि पदाधिकारी बैठक बोलाएको छ।
नेता खनालले भने, ‘अब गठबन्धनभन्दा बाहिर गएर एमालेसँग मिल्ने सम्भावना सकियो। हामीले समस्याको समाधान हामीले पहिला गठबन्धनबाटै खोज्नुपर्छ। त्यही अनुसार सहमति हुन्छ ।’

कांग्रेसमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा एकमत हुन नसक्ने परिस्थिती बनेपछि देउवाले माओवादीलाई सरकारको नेतृत्व दिन तयार भएको बताइन्छ ।

कोशी प्रदेशमा बहुमत पुग्न ४७ सीट आवश्यक पर्छ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ ।

संविधानको धारा १६८ ९३० अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९५० अन्तरगत सरकार गठनको भोलि साँझसम्मको लागि समय दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group